विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित आठ जना पक्राउ


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट आठजना लागूऔषधसहित पक्राउ परेका छन् ।

 मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६८ मिलिग्रामसहित सोही महानगरपालिका-५ बस्ने ३२ वर्षीय सुरज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय  मिलिग्रामसहित चितवन भरतपुर महानगरपालिका-१२ घर भएका ३९ वर्षीय विशाल पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.७ प २७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक पाण्डेलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

दाङको घोराही उपमहानगरपालिका-११ नयाँ बस्तीस्थित कात्तिके सामुदायिक जंगलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-११ शिवपुर बस्ने २६ वर्षीय भिमसेन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले बिक्री वितरण गर्ने उद्देश्यले उक्त जंगलमा लागूऔषध राखेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बेलझुण्डी र इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

मकवानपुरको मनहरी गाउँपालिका-७ रमौलीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजीसहित सोही ठाउँ बस्ने ३० वर्षीय रामशरण चेपाङ समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजा लुकाई छिपाई बोरामा लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

महोत्तरीको जलेश्वर नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ५ केजीसहित मकवानपुर थाहा नगरपालिका-२ बस्ने २२ वर्षीय विशाल थिङ्गलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको प्रहरीले जलेश्वरबाट बखरीतर्फ जाँदै गरेको ना.६ ख ७३७४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा २७ वटा पोकामा लुकाइ छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रकका सह-चालक विशाललाई पक्राउ गरेको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । 

बाराको महागढीमाई नगरपालिका-६ बबुआईनबाट अवैध लागूऔषध गाँजा करिब २९ केजी प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गंजभवानीपुर र प्रहरी चौकी बरियारपुरबाट खटिएको संयुक्त टोलीलाई देख्नासाथ प्र.२-०३-०२२ प ४५३५ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले मोटरसाइकलमा ल्याउँदै गरेको बोरा फाली फरार भएपश्चात प्रहरीले बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । 

साथै प्रहरीले खोजी गर्ने क्रममा महागढीमाई नगरपालिका-११ मधुरी टोलस्थित बाँसघारीमा लुकाइ राखेको अवस्थामा उक्त मोटरसाइकल फेला परेको छ भने फरार व्यक्तिको खोजी भइरहेको छ । 

 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ४ : ३१ बजे

इजरायलतर्फ इरानले हान्यो एक सयभन्दा धेरै ड्रोन

काठमाडौं– इजरायलले आफ्नो भूमिलाई लक्षित गरी सञ्चालन गरेको आक्रमणको बदला

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि श्रम,

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

राँझा– राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती

तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौं– गत मंगलबारदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ

मिडियाले विश्वसनीयता गुमाउनु हुँदैन : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक