मोदी र पुटिनबीच यसै वर्ष शिखर वार्ता हुन सक्ने « Khabarhub

मोदी र पुटिनबीच यसै वर्ष शिखर वार्ता हुन सक्ने


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मस्को– भारतीय प्रधानमन्त्री र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यो वर्ष सकिनुअगावै शिखर वार्ता हुनसक्ने रुसका लागि भारतीय राजदूतले बताएका छन् ।

‘यस बारेमा छलफल भइरहेको छ, उच्चस्तरमा छलफलहरू जारी छन्’, राजदूत पवन कपुरको भनाइ उद्धृत गर्दै आरआइए नोभोस्ती समाचार समितिले जनाएको छ । यद्यपि भारतीय कूटनीतिज्ञले थप विवरण केही उल्लेख गरेको पनि आरआइए नोभोस्तले बताएको छ । 

गत साता एक कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले भारतलाई ‘शक्तिशाली मुलुक’ भन्दै भारतीय प्रधानमन्त्री मोदीको नेतृत्वमा लगातार बलियो बन्दै गएको बताएका थिए । ‘एक अर्ब ५० करोडभन्दा बढी जनसङ्ख्या भएको र सात प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गरेको भारत एउटा शक्तिशाली मुलुक हो, साथै यो प्रधानमन्त्री मोदीको नेतृत्वमा लगातार बलियो बन्दै गएको छ’, आरटी न्युजले साझा गरेको भिडियोमा पुटिनले भनेका छन्  । 

गत सेप्टेम्बर ९-१० मा नयाँ दिल्लीमा भएको जी-२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटिन सहभागी भएका थिएनन् । उक्त सम्मेलनमा विदेशमन्त्री सर्गेई लाभरोभले रुसी प्रतिनिधित्व  गरेका थिए ।

पछिल्लो पटक सन् २०२२ सेप्टेम्बरमा उज्बेकिस्तानको समरकन्दमा भएको साङ्घाई सहयोग संगठनको २२औँ बैठकका क्रममा मोदी र पुटिनबीच भेट भएको थियो । सो क्रममा प्रधानमन्त्री मोदीले ‘मलाई थाहा छ आजको युग युद्धको होइन’ भन्दै युक्रेनसँगको रुसको जारी द्वन्द्व अन्त्य गर्न राष्ट्रपति पुटिनलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ५ : ५८ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका