मोदी र पुटिनबीच यसै वर्ष शिखर वार्ता हुन सक्ने « Khabarhub

मोदी र पुटिनबीच यसै वर्ष शिखर वार्ता हुन सक्ने


२५ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मस्को– भारतीय प्रधानमन्त्री र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यो वर्ष सकिनुअगावै शिखर वार्ता हुनसक्ने रुसका लागि भारतीय राजदूतले बताएका छन् ।

‘यस बारेमा छलफल भइरहेको छ, उच्चस्तरमा छलफलहरू जारी छन्’, राजदूत पवन कपुरको भनाइ उद्धृत गर्दै आरआइए नोभोस्ती समाचार समितिले जनाएको छ । यद्यपि भारतीय कूटनीतिज्ञले थप विवरण केही उल्लेख गरेको पनि आरआइए नोभोस्तले बताएको छ । 

गत साता एक कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले भारतलाई ‘शक्तिशाली मुलुक’ भन्दै भारतीय प्रधानमन्त्री मोदीको नेतृत्वमा लगातार बलियो बन्दै गएको बताएका थिए । ‘एक अर्ब ५० करोडभन्दा बढी जनसङ्ख्या भएको र सात प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गरेको भारत एउटा शक्तिशाली मुलुक हो, साथै यो प्रधानमन्त्री मोदीको नेतृत्वमा लगातार बलियो बन्दै गएको छ’, आरटी न्युजले साझा गरेको भिडियोमा पुटिनले भनेका छन्  । 

गत सेप्टेम्बर ९-१० मा नयाँ दिल्लीमा भएको जी-२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटिन सहभागी भएका थिएनन् । उक्त सम्मेलनमा विदेशमन्त्री सर्गेई लाभरोभले रुसी प्रतिनिधित्व  गरेका थिए ।

पछिल्लो पटक सन् २०२२ सेप्टेम्बरमा उज्बेकिस्तानको समरकन्दमा भएको साङ्घाई सहयोग संगठनको २२औँ बैठकका क्रममा मोदी र पुटिनबीच भेट भएको थियो । सो क्रममा प्रधानमन्त्री मोदीले ‘मलाई थाहा छ आजको युग युद्धको होइन’ भन्दै युक्रेनसँगको रुसको जारी द्वन्द्व अन्त्य गर्न राष्ट्रपति पुटिनलाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ५ : ५८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको