इजरायली आक्रमणपछि सिरियाका दुई मुख्य विमानस्थलमा सेवा अवरूद्ध « Khabarhub

इजरायली आक्रमणपछि सिरियाका दुई मुख्य विमानस्थलमा सेवा अवरूद्ध


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

दमास्कस– इजरायलले गरेको हवाई आक्रमणमा सिरियाका दुई मुख्य विमानस्थल बिहीबार बन्द भएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायली आक्रमणका कारण राजधानी दमास्कस र उत्तरी शहर अलेप्पोका विमानस्थलमा पटक-पटक उडान बन्द हुँदै आएको छ । सरकारी सञ्चारमाध्यमले एक अज्ञात सैन्य स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘एकैसाथ गरिएको आक्रमणले दुई विमानस्थलको अवतरणका लागि छुट्ट्याइएको धावनमार्गमा क्षति पुर्‍याएको छ ।’

गाजाको सीमा पार गरी शनिबार सयौं हमासका बन्दुकधारीले इजरायलमा प्रवेश गरी एक हजार २०० जनाको हत्या गरेपछि हमास र इजरायलबीच छैटौं दिन भीषण गोली हानाहान भएको हो ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलको भ्रमण गरेको र इरानी राष्ट्रपति इब्राहिम राइसीले आफ्ना सिरियाली समकक्षी बसर अल असदसँग टेलिफोन वार्ता गरी अरब र इस्लामी मुलुकहरूलाई इजरायलको सामना गर्न सहयोग गर्न आह्वान गरेको केही घण्टापछि नै यी घटनाहरू भएका हुन् ।

सिरियाली सरकारी सञ्चार माध्यमले उद्धृत गरेको सैन्य स्रोतले उक्त आक्रमणलाई गाजामा हमाससँगको द्वन्द्वबाट ध्यान मोड्न इजरायलले गरेको ‘प्रयास’ को संज्ञा दिएको छ । सिरियामा एक दशकभन्दा बढी समयदेखि चलेको युद्धका क्रममा इजरायलले आफ्नो उत्तरी छिमेकी मुलुकमाथि सयौँ हवाई आक्रमण गरेको छ, जसमा मुख्यतः इरान समर्थित सेना र लेबनानी हिजबुल्लाहका लडाकूका साथै सिरियाली सेनाका स्थानहरूलाई लक्षित गरिएको छ ।

इजरायलले सिरियामा गरेको आक्रमणबारे विरलै टिप्पणी गर्ने गरेको छ, तर उसले असदको सरकारलाई समर्थन गर्ने आफ्नो कट्टर शत्रु इरानलाई त्यहाँ आफ्नो पदचिन्ह विस्तार गर्न नदिने बताउँदै आएको छ ।

हमासलाई समर्थन गर्ने इरानले शनिबार इजरायलमाथि हमासले गरेको आक्रमणको प्रशंसा गरेको छ । 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ६ : ५७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी