प्रधानमन्त्रीद्धारा रेशम चौधरीको ‘धरातल’ विमोचन « Khabarhub

प्रधानमन्त्रीद्धारा रेशम चौधरीको ‘धरातल’ विमोचन


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीद्वारा लिखित ‘धरातल’ विमोचन भएको छ। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयमा नै उक्त किताब विमोचन गरेका हुन्।

प्रवासी जीवनदेखि कारावाससम्मको संस्मरण समेटिएको पुस्तक ‘धरातल’ चौधरीले डिल्लीबजार स्थित कारागारमा लेखेका हुन्। उनको नयाँ पुस्तक ‘धरातल’ असोज २४ (हिजो) देखि बजारमा आएको छ। पुस्तक विमोचन पश्चात प्रधानमन्त्री प्रचण्डले चौधरी बहुआयामिक व्यक्तित्व भएको भन्दै प्रशंसा गरेका थिए। 

‘मैले उहाँको क्षमता र प्रतिभाबारे उहाँ डिल्लीबजार जेलमा भेट हुँदा नै अनुभूत गरेको थिएँ। उहाँ अहिले बाहिर हुनुहुन्छ, सक्रिय हुनुहुन्छ’, प्रधानमन्त्रीले भने, ‘उहाँको किताव विमोचन गर्न पाउँदा खुसी लागेको छ। आउन दिनमा पनि अरु राम्रा रचना आउने विश्वास गरेको छु।’

चौधरीले आफ्नो प्रवासी देखि जेल जीवनसम्मको यात्रा र भोगाइमा आधारित रहेर ‘धरातल’ लेखेको बताएका छन्।  यस पुस्तकमा रेशमको व्यक्तिगत मात्रै नभएर थरुहट आन्दोलनको पनि पृष्ठभूमि समेटिएको छ। 

‘यो मैले जेलमा हुँदा लेखेको किताब हो। जसमा मैले प्रवासमा रहँदा र जेलमा रहँदा के देखे? के भोगे? आफू प्रवासमा रहेर कसरी चुनाव जिते? मलाई जिताउन कुन-कुन पात्रले सहयोग गर्नुभयो? जेलका पीडा कस्तो थियो ? वास्तविक हाम्रो रातल के थियो? कस्तो छ? भन्ने कुरा यस पुस्तकमा छ’, उनले भने।

२०७२ सालमा भएको थरुहट आन्दोलनका कारण कारावाससम्म पुगेका चौधरीका यसअघि नै टीकापुर घटनाको चिरफार, परिबन्ध लगायतका किताबहरू बजारमा छन्। उनको किताबमा दर्जनौँ जनाले थेसिस पनि गर्ने गरेका छन्। 

जेलमा लेखेको ‘धरातल’ लाई रेशमले जेलमै विमोचन गर्ने सोच थियो। तर, गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाई जेलमुक्त भएपछि अहिले प्रधानमन्त्रीको हातबाट पुस्तक विमोचन गरिएको छ।

चौधरी २०४७ सालमा ‘जोगनी’ नामक पत्रिकाको सम्पादन गरेर पत्रकारिता तथा लेखनमा लागेका थिए।  २०५० सालमा ‘एक ठो विहीन कथा’ नामक कविता संग्रह प्रकाशन भएको थियो। त्यसयता उनले आधा दर्जनभन्दा बढि पुस्तकहरू प्रकाशन गरिसकेका छन्।

चौधरीले हालसालै पनि प्रकाशोन्मुख उपन्यास चारवटा पुस्तक लेख्दै छन्।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ७ : ०२ बजे

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार