विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

आज आश्विन २५ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर १२, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

इजरायली आक्रमणपछि सिरियाका दुई मुख्य विमानस्थलमा सेवा अवरूद्ध
इजरायलले गरेको हवाई आक्रमणमा सिरियाका दुई मुख्य विमानस्थल बिहीबार बन्द भएको सिरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायली आक्रमणका कारण राजधानी दमास्कस र उत्तरी शहर अलेप्पोका विमानस्थलमा पटक(पटक उडान बन्द हुँदै आएको छ । सरकारी सञ्चारमाध्यमले एक अज्ञात सैन्य स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘एकैसाथ गरिएको आक्रमणले दुई विमानस्थलको अवतरणका लागि छुट्ट्याइएको धावनमार्गमा क्षति पुर्‍याएको छ ।’

गाजाको सीमा पार गरी शनिबार सयौं हमासका बन्दुकधारीले इजरायलमा प्रवेश गरी एक हजार २०० जनाको हत्या गरेपछि हमास र इजरायलबीच छैटौं दिन भीषण गोली हानाहान भएको हो ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलको भ्रमण गरेको र इरानी राष्ट्रपति इब्राहिम राइसीले आफ्ना सिरियाली समकक्षी बसर अल असदसँग टेलिफोन वार्ता गरी अरब र इस्लामी मुलुकहरूलाई इजरायलको सामना गर्न सहयोग गर्न आह्वान गरेको केही घण्टापछि नै यी घटनाहरू भएका हुन् ।

सिरियाली सरकारी सञ्चार माध्यमले उद्धृत गरेको सैन्य स्रोतले उक्त आक्रमणलाई गाजामा हमाससँगको द्वन्द्वबाट ध्यान मोड्न इजरायलले गरेको ‘प्रयास’ को संज्ञा दिएको छ । सिरियामा एक दशकभन्दा बढी समयदेखि चलेको युद्धका क्रममा इजरायलले आफ्नो उत्तरी छिमेकी मुलुकमाथि सयौँ हवाई आक्रमण गरेको छ, जसमा मुख्यतः इरान समर्थित सेना र लेबनानी हिजबुल्लाहका लडाकूका साथै सिरियाली सेनाका स्थानहरूलाई लक्षित गरिएको छ ।

इजरायलले सिरियामा गरेको आक्रमणबारे विरलै टिप्पणी गर्ने गरेको छ, तर उसले असदको सरकारलाई समर्थन गर्ने आफ्नो कट्टर शत्रु इरानलाई त्यहाँ आफ्नो पदचिन्ह विस्तार गर्न नदिने बताउँदै आएको छ ।

हमासलाई समर्थन गर्ने इरानले शनिबार इजरायलमाथि हमासले गरेको आक्रमणको प्रशंसा गरेको छ ।

आफू ‘पहिलेभन्दा बलियो’ रहेको पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको दावी
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले दुई महिनाअघि जेलमा बसेदेखि नै आफू पहिलेभन्दा बलियो र स्वस्थ रहेको बताएका छन्।

खानलाई अगस्टमा भ्रष्टाचारको दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको थियो भने निर्वाचन आयोगले उनलाई सन् २०२४ को जनवरीमा हुने चुनावमा भाग लिन प्रतिबन्ध लगाएको थियो ।

‘आजका इमरान खान र अगस्ट ५ मा जेलमा रहेका इमरान खानबीच दिन र रातको भिन्नता छ,’ जेल जीवन विताएपछि आफ्नो तर्फबाट रिहा हुने पहिलो वक्तव्यमा उनले भने । ‘आज म आध्यात्मिक, मानसिक र शारीरिक रूपमा, पहिलेभन्दा बढी बलियो र स्वस्थ छु,’ पूर्व अन्तर्राष्ट्रिय क्रिकेट सुपरस्टारले थपे ।
यो बयान खानको एक्स मा पनि आएको छ । खानले जेलमा आफ्नो समय कुरान पढेर बिताएको बताउँदै जेलको अवस्थासँग राम्रोसँग घुलमिल भएको बताए। गत वर्ष पदबाट हटाइएदेखि खानलाई विभिन्न कानुनी मुद्दामा मुछिएको उनको भनाइ छ ।

उहाँलाई मे महिनामा केही समयका लागि हिरासतमा लिइएको थियो, जसले देशव्यापी विरोध प्रदर्शनलाई हिंसात्मक बनायो र राजनीतिमा हस्तक्षेप गरेको आरोपमा सेनाप्रति आक्रोश पोखिएको थियो ।

यसको जवाफमा संस्थापन पक्षले हजारौं समर्थकलाई घेराहालेर लगभग सम्पूर्ण केन्द्रीय नेतृत्वलाई भूमिगत बनाउन बाध्य बनायो । त्यसपछि धेरैले पार्टी परित्याग गरेका छन् । भ्रष्टाचारको अभियोगमा खानको जेल सजाय उल्टाइएको भए तापनि राज्यका कागजातहरू लीक गरेको आरोपमा उहाँलाई नयाँ गिरफ्तारीको कारण हिरासतमा राखिएको थियो, उहाँका वकिलहरूले उहाँलाई अर्को हप्ता औपचारिक रूपमा अभियोग लगाइने अपेक्षा गरेका थिए ।

यो भ्रष्टाचारभन्दा पनि गम्भीर विषय हो र यसले उहाँलाई १४ वर्षको जेल सजाय हुन सक्छ । सरकारी फेडरल इन्भेस्टिगेसन एजेन्सीको एक रिपोर्टका अनुसार खानले संस्थापन पक्षको समर्थनमा अमेरिकी षडयन्त्रअन्तर्गत आफूलाई पदच्युत गरिएको प्रमाणका रूपमा प्रस्तुत गरेको केबल नेटवर्कसँग सम्बन्धित छ ।

संयुक्त राज्य अमेरिका र पाकिस्तानी सेनाले उक्त दाबीको खण्डन गरेका छन् । पाकिस्तानमा अहिले अन्तरिम सरकारको नेतृत्व भइरहेको छ र चुनाव केही महिना पछि धकेलिएको छ ।

खानका मुख्य प्रतिद्वन्द्वी तीन पटक प्रधानमन्त्री भइसकेका नवाज सरिफ लण्डनमा चार वर्षदेखिको स्वनिर्वासन अन्त्य गर्दै आगामी साता पाकिस्तान फर्कने कार्यक्रम रहेको छ । लोकप्रिय समर्थनको लहर, भ्रष्टाचार विरोधी घोषणापत्र र शक्तिशाली सैन्य प्रतिष्ठानको समर्थनमा जितेको सन् २०१८ को पछिल्लो आम निर्वाचनमा सरिफको दललाई खानको गठबन्धनले जितेको थियो ।

उनले भने, “यो अनिर्वाचित शिकारी समूह र तिनका सहजकर्ताविरुद्ध हरेक मञ्चमा आवाज उठाइरहनोस् र देशमा निष्पक्ष र पारदर्शी निर्वाचनको माग गरिरहनुहोस् ।”

मोदी र पुटिनबीच यसै वर्ष शिखर वार्ता हुन सक्ने
भारतीय प्रधानमन्त्री र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यो वर्ष सकिनुअगावै शिखर वार्ता हुनसक्ने रुसका लागि भारतीय राजदूतले बताएका छन् ।

‘यस बारेमा छलफल भइरहेको छ, उच्चस्तरमा छलफलहरू जारी छन्’, राजदूत पवन कपुरको भनाइ उद्धृत गर्दै आरआइए नोभोस्ती समाचार समितिले जनाएको छ । यद्यपि भारतीय कूटनीतिज्ञले थप विवरण केही उल्लेख गरेको पनि आरआइए नोभोस्तले बताएको छ ।

गत साता एक कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले भारतलाई ‘शक्तिशाली मुलुक’ भन्दै भारतीय प्रधानमन्त्री मोदीको नेतृत्वमा लगातार बलियो बन्दै गएको बताएका थिए । ‘एक अर्ब ५० करोडभन्दा बढी जनसङ्ख्या भएको र सात प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गरेको भारत एउटा शक्तिशाली मुलुक हो, साथै यो प्रधानमन्त्री मोदीको नेतृत्वमा लगातार बलियो बन्दै गएको छ’, आरटी न्युजले साझा गरेको भिडियोमा पुटिनले भनेका छन् ।

गत सेप्टेम्बर ९-१० मा नयाँ दिल्लीमा भएको जी-२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटिन सहभागी भएका थिएनन् । उक्त सम्मेलनमा विदेशमन्त्री सर्गेई लाभरोभले रुसी प्रतिनिधित्व गरेका थिए ।

पछिल्लो पटक सन् २०२२ सेप्टेम्बरमा उज्बेकिस्तानको समरकन्दमा भएको साङ्घाई सहयोग संगठनको २२औँ बैठकका क्रममा मोदी र पुटिनबीच भेट भएको थियो । सो क्रममा प्रधानमन्त्री मोदीले ‘मलाई थाहा छ आजको युग युद्धको होइन’ भन्दै युक्रेनसँगको रुसको जारी द्वन्द्व अन्त्य गर्न राष्ट्रपति पुटिनलाई आग्रह गरेका थिए ।

जर्मनीद्वारा इजराइललाई सैन्य सहयोगको प्रस्ताव
हमासले इजरइलमाथि आक्रमण गरेपछि जर्मनीले इजराइलसमक्ष सैन्य सहयोगको प्रस्ताव गरेको छ । साथै उसले आतङ्कवादी हमास समूहको समर्थनमा जर्मनीभित्र भएको समर्थनलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

जर्मन चान्सलर ओलाफ स्कोल्जले बिहीबार इजराइलको सुरक्षाका लागि जर्मनीको ऐतिहासिक दायित्वमाथि जोड दिए । जर्मनीको प्रतिरक्षा मन्त्रालयले इजराइलको अनुरोधमा पाँच वटा हेरोन टिपी युद्ध ड्रोनमध्ये दुई वटा प्रयोग गर्न सहमत भएको जनाएको छ । ती हतियार जर्मन सेनाले भाडामा लिएको थियो । ब्रसेल्समा रक्षामन्त्री बोरिस पिस्टोरियसले युद्धका लागि इजरायलले हतियार माग गरेको भन्दै उक्त आग्रहबारे अब छलफल गरिने बताएका छन् ।

जर्मन संसद्लाई सम्बोधन गर्दै कुनै पनि सहयोगका लागि सूचित गर्न आफूले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई आग्रह गरेको बताए। ‘अहिले जर्मनीका लागि एउटा मात्र ठाउँ छ र त्यो ठाउँ भनेको इजराइलको पक्षमा हो’, उनले सांसदहरूलाई भने, ‘हाम्रो आफ्नै इतिहास र दोस्रो विश्वयुद्धमा यहुदीविरुद्ध भएको नरसंहारबाट उत्पन्न भएको हाम्रो जिम्मेबारीले इजरायलको सुरक्षाका लागि उभिन हाम्रो दृढतालाई अविचलित बनाउँछ ।’

उनले हालैका दिनमा इजराइलको पक्षमा हजारौँ मानिसले प्रदर्शन गरेको उल्लेख गर्दै भने, ‘सप्ताहन्तमा जर्मनीमा अत्यन्तै लाजमर्दो तस्बिरहरू आए ।’ शनिबार बर्लिनका सडकमा एउटा सानो समूहले पेस्ट्रीहरू बाँडे र हमास आक्रमणको खुसियाली प्रदर्शन गरेका थिए ।

चान्सलर स्कोल्जले जर्मनीमा हमासको समर्थन वा गतिविधिमाथि औपचारिकरूपमा प्रतिबन्ध लगाउने गर्ने बताए। हमासलाई युरोपेली युनियनले यसअघि नै आतंककारी समूहको सूचीमा राखेको छ । उनले सप्ताहन्तमा पेस्ट्री बाँड्ने सामिदोउनजस्ता समूहमाथि प्रतिबन्ध लगाइने जानकारी दिए।

शिखर सम्मेलनअघि वार्ताका लागि इयु विदेश नीति प्रमुख चीनमा
यस वर्षको नियोजित सम्मेलनको आधार निर्माण गर्दै आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदारसँगको जोखिम व्यवस्थापनको खोजीमा युरोपेली युनियन (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेल बिहीबार चीन आइपुगेका हुन् ।

इजराइल र हमासबीच युद्ध सुरु भएको केही दिनपछि यो भ्रमण भएको छ । उक्त युद्धले बोरेललाई युरोपेली विदेशमन्त्रीको आपतकालीन बैठक गर्न प्रेरित गरेको थियो । चीनले सबै पक्षलाई ‘युद्ध बिराम’ गर्न आह्वान गरेको छ ।

बोरलको यो भ्रमणमा चिनियाँ विदेशमन्त्री वाङ यीसँगको वार्ता हुनुका साथै द्विपक्षीय सम्बन्ध, विश्वव्यापी चुनौतीहरू र व्यापारलगायतका मुद्दामा छलफल हुनेछ । इयु–चीन उच्चस्तरीय वार्ताको पछिल्लो शृङ्खलामा यो भ्रमण यस वर्षको अन्त्यमा इयु(चीन शिखर सम्मेलनसँगै सम्पन्न हुनुपर्ने इयुले बताएको छ ।

‘मेरा समकक्षी विदेशमन्त्री वाङ यीसँग इयु(चीन रणनीतिक वार्ताको सह(अध्यक्षता गर्न भर्खरै चीनमा ओर्लिएको छु’, बोरेलले ट्विटरमार्फत भने, ‘सरकारी अधिकारीहरू, विद्वान र व्यावसायिक प्रतिनिधिहरूसँग इयु(चीन सम्बन्ध तथा प्रमुख क्षेत्री र विश्वव्यापी चुनौतीहरूमा छलफल गर्न यो भ्रमण महत्वपूर्ण छ ।’

गत फेब्रुअरीमा युक्रेनमाथि रुसी आक्रमणपछि इयु र चीनबीचको सम्बन्ध तनावपूर्ण छ । उक्त युद्धलाई चीनले भर्त्सना गर्न छाडेको छ ।

भारतमा रेल दुर्घटना चार जनाको मृत्यु, कयौँ घाइते
भारतको पूर्वी राज्य बिहारमा यात्रुवाहक रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हनुका साथै कयौँ घाइते भएको अधिकारीहरूले बिहीबार बताएका छन् । बिहारको राजधानी पटनादेखि ९६ किलोमिटर पश्चिममा रहेको बक्सर जिल्लाको रघुनाथ रेल्वे स्टेशनमा बुधबार राति दुर्घटना भएको हो ।

स्थानीय सञ्चार माध्यममहरूले अधिकारीहरूलाई उद्धृत गर्दै दिल्लीबाट आसामको गुवाहाटी जाँदै गरेको उक्त रेल दुर्घटनामा ८० जनाभन्दा बढी घाइते भएको बताएका छन् । दुर्घटनाको कारण भने अझै पनि थाहा हुन नसकेको अधिकारीहरूले बताएका छन् ।

रेल दुर्घटनाले भएको अपूरणीय क्षतिप्रति समवेदना प्रकट गर्दै सङ्घीय रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनाको कारण पत्ता लगाइने बताए। उनका अनुसार दुर्घटनाको भारतीय अनुसन्धान एजेन्सी केन्द्रीय अनुसन्धान ब्युरोले जाँच समेत गरीरहेको छ ।

यसै वर्षको जुनमा भारतको उडिसामा इतिहासकै ठूलो रेल दुर्घटना हुँदा दुई सय ९५ यात्रुको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ७ : ५९ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार