भारत लैजान लागिएका पाँच जना बालिकाको उद्धार « Khabarhub

भारत लैजान लागिएका पाँच जना बालिकाको उद्धार


२५ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

बारा– भारत लैजान लागिएका ५ बालिकाको बारा प्रहरीले उद्धार गरेको छ। करैयामाई गाउँपालिका वडा नम्बर १ बाट गत सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाएको हो।

भारतको मोतिहारी जिल्ला, पूर्वी चम्पारण ढाका थाना बिक्रमपुर गाँउ बस्ने सत्य ब्रत पालको छोरा १८ को कवि कुमार पालले उनीहरूलाई भारत लैजान लागेका थिए। सोही क्रममा भारतीय युवक पालबाट बालिकाहरूलाई उद्धार गरि जिल्ला प्रहरी कार्यालय बारा मार्फत अभिभावकको जिम्मा लगाइएको हो।

गाउँबाट वर्ष १३ की १ जान, १४ की २ जना, १६ की २ जान गरि ५ (पाँच) जना बालिका एकसाथ हराएपछि अभिभावकले प्रहरीमा खबर गरेका थिए। बालिकाहरूको फोटो सहित प्राप्त सुचनापछि परिचालित प्रहरीले विभिन्न विधिबाट खोजतलास गर्ने क्रममा बुधबार अपराह्न विरगजंमा बालिकाहरू फेला परेका थिए।

प्रहरीको विषेश टोलीले खोज तलास गर्दै जाँदा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित रानीसति धर्मशाला नजिकैबाट रक्सौलतर्फ जाने क्रममा उनीहरु फेला परेका हुन्।

बालिकाहरूलाई भारत लैजान खोज्ने भारतीय युवक पक्राउ गरी उनीमाथि अनुसन्धान कार्य भइरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ७ : ५८ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण