यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु « Khabarhub

यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशभरका यातायात व्यवस्था कार्यालयमध्ये सबैभन्दा भीड हुने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा आजदेखि अनलाइन सेवा सुरु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले आज एकान्तकुना यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु गरेका हुन् ।

एकान्तकुना कार्यालयमासेवाग्राहीहरुदैनिकघण्टौँ लाममा बस्ने गरेका थिए । आजदेखि लाम पूर्णरुपमा हट्ने मन्त्री ज्वालाले बताए । उनले भने, “दैनिक हजारौँ सेवाग्राहीले पाउँदै आएको सास्ती आजदेखि हटेको छ ।”

नयाँ सवारी चालक अनुमतिको आवेदन गर्न यसअघि नै अनलाइन सेवा सञ्चालनमा थियो । आजबाट राजस्व भुक्तानी, अनुमतिपत्र नवीकरण र वर्ग थप अनलाइनबाटै हुने भएको छ ।

अनुमतिपत्रका लागि अब तीन पटक मात्र यातायात व्यवस्था कार्यालयमा जानुुपर्ने प्रदेशका यातायातमन्त्री लम्सालले बताए । उनले भने, “यसअघि एउटै लाइसेन्सका लागि नौ पटक यातायात व्यवस्था कार्यालयमा धाउनुपर्ने बाध्यता थियो ।”

सवारी चालक अनुमतिपत्रका लागि अब लिखित परीक्षा, ट्रायल परीक्षा र बायोमेट्रिक गर्न तीनपटक मात्र यातायात व्यवस्था कार्यालय जानुपर्नेछ । अन्य सबै काम घरबाटै अनलाइन सेवामार्फत गर्न सकिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए ।

मन्त्री ज्वालाले मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै यातायात कार्यालयमा लाग्ने भीड हटाउने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रतिबद्धताअनुसार गत असार २० देखि कास्की यातायात व्यवस्था कार्यालयबाट अनलाइन सेवा सुरु गरिएको थियो । कास्कीमा सफल भएपछि एकान्तकुनाबाट आजदेखि अनलाइन सेवा सुरु गरिएको हो ।

अबको केही दिनभित्र मधेस र लुम्बिनी प्रदेशका यातायात व्यवस्था कार्यालयमार्फत पनि अनलाइन सेवा पुनःसञ्चालन गरिने मन्त्री ज्वालाले बताए । यातायात व्यवस्था कार्यालयको भीड हटाउने र बिचौलियाको अन्त्य गर्न देशका सबै यातायात व्यवस्था कार्यालय अनलाइन प्रणालीमा लैजान लागिएको उनले बताए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ८ : ४७ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र