एसिया र युरोपका राजनीतिक दलको बैठक काठमाडौँमा हुने « Khabarhub

एसिया र युरोपका राजनीतिक दलको बैठक काठमाडौँमा हुने


२५ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)को ४०औं स्थायी कमिटी तथा एसिया युरोप पोलिटिकल फोरमको पाँचौँ वार्षिक बैठक यही शुक्रबारदेखि काठमाडौँमा हुँदैछ ।

यही असोज २६ देखि २८ गतेसम्म हुने बैठकमा दुई महादेशका साझा भविष्यका निम्ति एसिया र युरोपका राजनीतिक दलका नेता तथा विज्ञबीच समसामयिक विषयमा छलफल हुने एसिया युरोप पोलिटिकल फोरमका सहअध्यक्ष एवं आइक्यापका स्थायी कमिटी सदस्य डा राजन भट्टराईले जानकारी दिए।

उक्त बैठकमा चीन, दक्षिण कोरिया, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, पाकिस्तान, लेवनान, चेक गणतन्त्र, नेदरल्याण्डलगायत मुलुकका २६ राजनीतिक दलका नेता, मन्त्री तथा सांसद गरी ५० भन्दा बढीको सहभागिता रहनेछ ।

नेकपा (एमाले) का परराष्ट्र मामिला विभागका प्रमुखसमेत रहनुभएका डा भट्टराईले बैठकको सम्पूर्ण तयारी पूरा भएको र सहभागिताका लागि विभिन्न देशबाट अतिथि आउन सुरु गरेको जानकारी दिए। काठमाडौंको गोकर्णमा आयोजना गरिने बैठकको उद्घाटन सत्रलाई पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही असोज २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  १० : ३७ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा