एसिया र युरोपका राजनीतिक दलको बैठक काठमाडौँमा हुने « Khabarhub

एसिया र युरोपका राजनीतिक दलको बैठक काठमाडौँमा हुने


२५ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)को ४०औं स्थायी कमिटी तथा एसिया युरोप पोलिटिकल फोरमको पाँचौँ वार्षिक बैठक यही शुक्रबारदेखि काठमाडौँमा हुँदैछ ।

यही असोज २६ देखि २८ गतेसम्म हुने बैठकमा दुई महादेशका साझा भविष्यका निम्ति एसिया र युरोपका राजनीतिक दलका नेता तथा विज्ञबीच समसामयिक विषयमा छलफल हुने एसिया युरोप पोलिटिकल फोरमका सहअध्यक्ष एवं आइक्यापका स्थायी कमिटी सदस्य डा राजन भट्टराईले जानकारी दिए।

उक्त बैठकमा चीन, दक्षिण कोरिया, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, पाकिस्तान, लेवनान, चेक गणतन्त्र, नेदरल्याण्डलगायत मुलुकका २६ राजनीतिक दलका नेता, मन्त्री तथा सांसद गरी ५० भन्दा बढीको सहभागिता रहनेछ ।

नेकपा (एमाले) का परराष्ट्र मामिला विभागका प्रमुखसमेत रहनुभएका डा भट्टराईले बैठकको सम्पूर्ण तयारी पूरा भएको र सहभागिताका लागि विभिन्न देशबाट अतिथि आउन सुरु गरेको जानकारी दिए। काठमाडौंको गोकर्णमा आयोजना गरिने बैठकको उद्घाटन सत्रलाई पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही असोज २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  १० : ३७ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको