काठमाडौँ महानगरद्वारा पशुपति पानी उद्योगलाई एक लाख जरिवाना | Khabarhub Khabarhub

काठमाडौँ महानगरद्वारा पशुपति पानी उद्योगलाई एक लाख जरिवाना


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पशुपति पानी उद्योगलाई जरिवानासहित निर्देशन दिएको छ ।

बुढानिलकण्ठमा रहेको पशुपति स्प्रिङ वाटर उद्योगले उत्पादन गरेको पानीमा लामखुट्टेको लार्भा भेटिएको भन्दै आज रु एक लाख जरिवाना गरिएको महानगरका अनुगमन निरीक्षक डा अवधेश झाले जानकारी दिए ।

पशुपति पानी उद्योगबाट उत्पादित एभरेष्ट जारभित्रको पानीमा लार्भा भेटिएकाले कारबाही गरिएको उनको भनाइ छ । बिक्री गर्न ल्याइएको जारमा लामखुट्टेका लार्भा भेटिएको थियो । महानगरले कम्पनीलाई जारमा पानी भर्नु अगाडि अनिवार्य निर्मलीकरण गर्न र प्रत्येक महिना पानी परीक्षण प्रतिवेदन ढुवानीकर्तालाई दिन निर्देशन दिएको छ ।

काठमाडौँ महानगरपालिकाले गत असोज २३ गते बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित त्रिवेणी वेभरेज इण्डस्ट्रिजलाई पनि रु एक लाख जरिवाना गरेको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  १० : ४२ बजे

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका– बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा

गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव 

गोरखा– प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा

‘वन संरक्षणका साथै काठको सदुपयोग गर्नेतर्फ ध्यान दिन जरुरी’

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन संरक्षणका साथै

म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु

एजेनसी– इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गरुत जिल्लाको सगारा गाउँमा सोमबार