धर्म / संस्कृति

आरोग्य जीवनका प्रवर्तक धनवन्तरीको आराधना

By खबरहब

November 12, 2023

मानिस जुन धरामा जन्मन्छ, हुर्कन्छ उसका लागि औषधि त्यही माटोमा उम्रन्छ। प्रकृतिसँगको निकटतासँगै आरोग्यको साइनो गाँसिएको हुन्छ। प्रकृति प्रदत्त चिकित्सा पद्दतिका प्रवर्तक धनवन्तरीको उत्पति भएको सम्झनामा तिहारको पहिलो दिन धन्वन्तरी जयन्ती मनाउने प्रचलन रहेको छ। वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचिनतम् वैदिक चिकित्सा पद्दति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको स्मरणमा धनवन्तरी जयन्ती मनाइन्छ।

विक्रम संवत १९७४ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धनवन्तरी जयन्ती मनाउन थालिएका हो। २०५६ सालदेखि धनवन्तरी जयन्तीले आरोग्य दिवसका रुपमा सरकारी मान्यता पाएको छ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धनवन्तरीको उत्पत्ति भएको चर्चा वैदिक हिन्दुशास्त्रमा गरिएको छ। विक्रम संवत १९७४ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धनवन्तरी जयन्ती मनाउन थालिएका हो। २०५६ सालदेखि धनवन्तरी जयन्तीले आरोग्य दिवसका रुपमा सरकारी मान्यता पाएको छ।

धनवन्तरी जयन्तीका दिन सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाउने गरिन्छ। हातमा वैदिक हिन्दु दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका धनवन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ। देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धनवन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ।

आयुर्वेदका ग्रन्थहरूको आधारमा आयुर्वेदको ज्ञान इन्द्रबाट विभिन्न ऋषिले प्राप्त गरेका थिए। मुख्यत यो विधाको ज्ञान हासिल गर्नेमा धनवन्तरी, भारद्वाज, कश्यप आदि थिए।

धनवन्तरी जयन्तीलाई चिकित्सकले शुभ संकल्प तथा शुभकार्य प्रारम्भ गर्ने दिनका रूपमा लिने गर्दछन्। सृष्टिकालदेखि शाश्वत रूपमा रहिआएको प्राच्य संस्कृतिको धरोहर आयुर्वेद चिकित्सा पद्धतिको प्रवर्तकका रूपमा धनवन्तरीलाई लिइन्छ। धनवन्तरीकै कारण आयुर्वेद यस जगतमा प्रादुर्भाव भएको पौराणिक दृष्टान्त पाइन्छ। ज्योतिष विज्ञानको तथ्यअनुसार प्रथम समुद्र मन्थन एक हजार पाँच सय इसापूर्व बीचको समयमा भएको अनुमान गर्न सकिन्छ। यसै समयमा धनवन्तरी प्रकट भएको विश्वास गरिन्छ।

इसाभन्दा ९४५ वर्षपूर्व २५ अक्टोबरका दिन समुद्र मन्थन भएको मानिन्छ। यस दृष्टिले धनवन्तरी काल तीन हजार वर्ष पुरानो रहेको प्रमाणित हुन्छ । आयुर्वेदका ग्रन्थहरूको आधारमा आयुर्वेदको ज्ञान इन्द्रबाट विभिन्न ऋषिले प्राप्त गरेका थिए। मुख्यत यो विधाको ज्ञान हासिल गर्नेमा धनवन्तरी, भारद्वाज, कश्यप आदि थिए। धन्वन्तरी शल्यचिकित्सा, भारद्वाज सामान्य चिकित्सा र कश्यपले बालरोग चिकित्सामा विशेष योगदान पुर्याएको वर्णन गरिन्छ। धनवन्तरीका शिष्यमध्ये सुश्रुतले शल्यचिकित्साको विकासमा अझै विशेष योगदान पुर्याएको मानिन्छ।

बहुमूल्य जडिबुटीको अपार भण्डार हुँदाहुँदै पनि खुला सिमाना, अस्पष्ट सरकारी नीतिले जडिबुटीको चोरीनिकासी तीब्र बन्दै गइरहेको छ।

आयुर्वेद हाम्रो देशमा सदिऔँदेखि चलिआएको चिकित्सा पद्धति हो। पूर्वीय दर्शनको कोसेढुंगा मानिने यो पद्धति आज पश्चिमी राष्ट्रहरूमा लोकप्रिय बन्दै गइरहेको छ। विश्वकै समृद्ध मानिने संयुक्त राज्य अमेरिकामा गरिएको एक अध्ययनअनुसार त्यहाँका आधा बढी जनसंख्या वैकल्पिक चिकित्साप्रति आकषिर्त भएको पाइन्छ। अमेरिकीहरूले प्रतिवर्ष ८० बिलियन डलर वैकल्पिक चिकित्सा सेवा प्राप्त गर्न खर्च गर्ने गर्छन्।

आयुर्वेद क्षेत्रमा उच्चस्तरीय जनशक्तिको अभाव खड्किरहेको सन्दर्भमा गुणस्तरयुक्त जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने देखिन्छ। बहुमूल्य जडिबुटीको अपार भण्डार हुँदाहुँदै पनि खुला सिमाना, अस्पष्ट सरकारी नीतिले जडिबुटीको चोरीनिकासी तीब्र बन्दै गइरहेको छ। अर्कातर्फ सरकार संरक्षित आयुर्वेदिक अस्पताल र औषधि उत्पादन केन्द्र आग्लो लाग्ने अवस्थामा पुगेका छन्।