कोसी प्रदेशले टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की « Khabarhub

कोसी प्रदेशले टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने बताएका छन् ।

मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवनको शनिबार शिलान्यास गर्दै उनले प्रदेश सरकारले ठूला विकासका आयोजनामा मात्र ध्यान दिने बताए । 

उनले भने, ‘कम बजेटका आयोजना स्थानीय सरकार र ठूला आयोजना प्रदेश सरकारबाट सञ्चालन हुँदा छिटो आर्थिक समृद्धि हुन्छ । सङ्घबाट आएको टुक्रे योजनाका बजेट दुरुपयोग हुने गरेको छ ।’

समाजका लागि निःस्वार्थ उपलब्धिमूलक काम गरी परिणाम देखाउने काम गर्न मुख्यमन्त्री कार्कीले आग्रह गरे ।प्रदेश सरकार भौतिक विकास सँगसँगै मानवीय विकासको लक्ष्यमा लागेको जनाउँदै यस कार्यमा साथ दिन जनतासँग आग्रह गरे ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ८ : १४ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि