तिहार बिदामा सर्वोच्च अदालत खुला रहने « Khabarhub

तिहार बिदामा सर्वोच्च अदालत खुला रहने


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतले तिहार बिदामा पनि अत्यावश्यक सेवा दिने भएको छ । सो अवधिमा बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सेवा खुला गर्ने सर्वोच्चले जनाएको छ ।

सर्वोच्चले आजदेखि कात्तिक ३० गतेसम्मका लागि न्यायाधीशहरूलाई जिम्मेवारी समेत तोकेको छ । सर्वोच्चका अनुसार आजको जिम्मेवारी न्यायाधीश प्रकाशमान सिंह राउतलाई परेको छ ।

यस्तै, कात्तिक २७ गते न्यायाधीश सपना प्रधान मल्ल, कात्तिक २८ गते न्यायाधीश हरिप्रसाद फुयाँल र कात्तिक ३० गते  न्यायाधीश कुमार रेग्मीलाई जिम्मेवारी तोकिएको छ । कात्तिक २९ गते भाइटीकाको दिन भने अदालत बन्द रहनेछ ।

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इजलास रहनेछ । 

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  १० : ५० बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा