जंगली हात्तीको जोखिमले चुरे फेदीका वनमा मानव प्रवेश निषेध « Khabarhub

जंगली हात्तीको जोखिमले चुरे फेदीका वनमा मानव प्रवेश निषेध


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जङ्गली हात्तीको आवागमन बढेपछि कञ्चनपुरका चुरे फेदीका सामुदायिक वनमा प्रवेश निषेध गरिएको छ । मानवीय क्षति हुन नदिनका लागि वन प्रवेशमा रोक लगाइएको हो ।

जङ्गली हात्तीको ३० देखि ३५ को सङ्ख्यामा रहेको बथानले वन क्षेत्रसँगै नजिकका बस्तीमा ओहोरदोहोर गर्दै आएकाले वन क्षेत्र प्रवेशमा निषेध गरिएको बैजनाथ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बहादुरसिंह महराले बताए ।

‘घाँस, दाउरा, गाईगोरु, बाख्रा चराउन वन क्षेत्रमा जान निषेध गरेका छौँ’, उनले भने, ‘सामुदायिक वन क्षेत्र भएर हिँडने बटुवालाई बाटो प्रयोग नगर्नका लागि भनेका छौँ ।’

प्रजननका बेला मत्ताहात्तीको आक्रामक हुने भएकाले आक्रमण गर्ने सम्भावना भएकाले वन क्षेत्र प्रवेश रोक्नका लागि सार्वजनिक सूचना जारी गरिएको महराले बताए । हात्ती हिँडने बाटोमा सिसीटिभी क्यामेरा जडान गरी निगरानी राख्ने कामसमेत भइरहेको उनको भनाइ छ । 

वडा सदस्य लालबहादुर महराले मौसमीरूपमा मात्रै भारतीय दुधुवा नेशनल पार्कबाट यहाँ आइपुग्ने हात्तीका बथान वर्षभरि नै चुरे क्षेत्रका वनमा बस्न थालेको बताए । 

हात्तीले चुरे क्षेत्रलगायतका वनमा बस्ने र प्रजनन गरी छावासमेत जन्माउने गरेका छन् । हात्ती हिँड्ने करिडोर अतिक्रमणको चपेटामा पर्दा बर्सेनि मानवीय र भौतिक क्षति हुँदै आएको उनको भनाइ छ ।

उनले दुधुवाबाट चुरेसम्म हिँड्ने हात्तीको करिडोर बचाउन र अतिक्रमण हटाई त्यसमा बसेका बासिन्दालाई अन्यत्र पुनःस्थापन गरिनुपर्ने बताए । यस्तो गरिए मानवीय र भौतिक क्षतिलाई कम गर्न सकिन्छ ।

प्रत्येक हात्तीको बथानमा पुरानो हात्ती पनि रहने गरेको डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थी बताए ।

उनका अनुसार दुधुवा नेशनल पार्क हुँदै हात्तीको बथान लालझाडी संरक्षण क्षेत्र हुँदै चुरे क्षेत्रमा प्रवेश गर्ने पुरानै करिडोरका रूपमा रहेको छ । दुधुवा र लालझाडी जोड्ने डोकेबजारको तीन सय मिटर क्षेत्र अतिक्रमणको चपेटामा परेको छ ।

सूचना अधिकारी अवस्थीले हात्ती चुरे क्षेत्रलगायमा वर्षैभरि बस्नुमा वन क्षेत्रमा वृक्षरोपण गरी हराभरा हुनु, पर्याप्त आहाराको व्यवस्था हुनु, सिमसार क्षेत्रको संरक्षण गरिनुलगायत रहेको बताए । हात्तीले चुरे क्षेत्रमै छावा जन्माए आठ–नौ महिना हुर्काउनका लागि त्यसै क्षेत्रमा बस्ने गर्दछ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ११ : ४७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल