भैरव वाहन गुल्ममा मनाइयो कुकुर तिहार « Khabarhub

भैरव वाहन गुल्ममा मनाइयो कुकुर तिहार


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यमपञ्चकको दोस्रो दिन आज मुलुकभर नरक चतुर्दशी र कुकुर तिहार मनाइएको छ । परम्परागत रुपमा आजका दिन नरक चतुर्दशी मनाउन स्थानीय धारा, पँधेरा, कुवा, खोला वा नदीमा नुहाएर तोरण टाँगी टपरीमा दियो बाली नर्के बगाइन्छ भने भैरवको वाहनका रुपमा कुकुरलाई पूजा गरी मिठो खाना खुवाइन्छ ।

हिन्दू परम्पराअनुसार कुकुरलाई यमलोकका राजा यमराजको दूतका रुपमा पनि लिने गरिन्छ । कुकुरलाई आदेशपालक, कर्तव्यनिष्ठ, अनुशासित र सुरक्षा दिने जनावरका रुपमा लिइन्छ ।

आज घरघरमा कुकुरलाई माला लगाइ पूजा गरी मिठो खाना दिइएको छ । यसैबीच नेपाली सेनाको भक्तपुरको सानोठिमीस्थित भैरव बहान गुल्ममा आज ७२ वटा कुकुरलाई एकसाथ पूजा गरिएको छ । सो अवसरमा तालिमप्राप्त कुकुरबाट विभिन्न ‘सैनिक डग कला प्रदर्शनी’ तथा सांस्कृतिक प्रस्तुति गराइयो ।

नेपाली सेनाका सहायक रथी विष्णु खड्काको उपस्थितिमा भएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न निकायका प्रमुख र नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो ।

गुल्मपति सेनानी गणेश अधिकारीले उक्त गुल्मभित्र सेनाको जिम्मेवारी, अतिविशिष्ट व्यक्तिको सवारी र कार्यक्रमपूर्व त्यहाँ हुनसक्ने सम्भावित दुर्घटनाबारे सूचना सङ्कलनका लागि कुकुरहरुको परिचालन, विभिन्न घटनामाथि त्यहाँ रहेका तालिमप्राप्त कुकुरहरुको प्रयोगबाट हुने अनुसन्धानको विधि र प्रक्रियाबारे जानकारी गराएका थिए ।

उक्त गुल्म २०६० साल वैशाख १ गते स्थापना भएको थियो । सो गुल्मले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा समेत कुकुर प्रयोग गर्दै आएको छ ।

हराएका हतियार फेला पार्न, बेपत्ता भएका नागरिकको खोजतलास, भूकम्प तथा प्राकृतिक प्रकोपमा हराएका वा पुरिएका व्यक्तिको खोजतलासमा पनि कुकुरको प्रयोगबाट सफलता मिल्दै आएको छ ।

यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरहरुको पनि आज सामूहिक रुपमा पूजा गरी मिठो खाना खुवाइएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  १ : ५० बजे

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त