ब्रेकिङ स्टोरी

यस वर्ष प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो नहुने

By खबरहब

November 12, 2023

काठमाडौँ- यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ ।

गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पत्नी दाहालको गत असार २७ गते निधन भएको थियो ।