महाकवि देवकोटाकाे जन्मजयन्ती : विविध कार्यक्रम गरी मनाइयो « Khabarhub

महाकवि देवकोटाकाे जन्मजयन्ती : विविध कार्यक्रम गरी मनाइयो


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १५औँ जन्मजयन्तीका अवसरमा आज विविध साहित्यिक कार्यक्रमसहित उनको योगदानलाई स्मरण गरिएको छ । लक्ष्मीजयन्तीका अवसरमा भीमसेनगोलास्थित मोर्डन कन्या बहुमुखी कलेजले आज विशेष साहित्यिक कार्यक्रम आयोजना गरी महाकवि देवकोटाको योगदानलाई स्मरण गरेको हो । कार्यक्रममा वरिष्ठ साहित्यकारले महाकविलाई विराट प्रतिभा र मानवतावादी कविका रुपमा मूल्याङ्कन गरेका थिए ।

वरिष्ठ कवि तुलसी दिवसले महाकवि देवकोटाका कालजयी रचनाका कारण मुलुकमा अन्य स्रष्टा जन्मन प्रेरणा मिलेको बताउँदै देवकोटा सबैखालका विचार, समुदाय र क्षेत्रका साझा महाकवि भएको उल्लेख गरे । कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष रामप्रसाद दाहालले महाकवि देवकोटा मानवतावादी कवि भएको बताए ।

“महाकवि देवकोटा मान्छेलाई ईश्वर बनाउन नचाहने र ईश्वरलाई मान्छे बनाउन नचाहने स्रष्टाका रुपमा हुनुहुन्थ्यो”, उनले भने । दायित्व वाङ्यमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले महाकवि देवकोटालाई स्वच्छन्दतावादी कविका रुपमा चित्रण गरे । कार्यक्रममा कविहरु अनिता कोइराला, कृष्ण बाउसे, सन्ध्या पहाडी तथा कलेजका छात्रा कविहरु रेणुका कँडेल, पार्वती भण्डारी, निकिसा श्रेष्ठ र सुस्मिता कोइरालाले महाकवि देवकोटासम्बन्धी कविता वाचन गरेका थिए ।

साहित्यिक क्षेत्रमा योगदान दिएबापत सन्ध्या पहाडीलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपेन्द्रराज शर्मा काफ्लेको कवितासङ्ग्रह ‘मनकामना’ को लोकार्पण गरिएको थियो । सो अवसरमा कलेजका छात्रा इशा गोतामे, काशिका रायलगायतले तिहार पर्व झल्काउने मौलिक सांस्कृतिक भैलो प्रदर्शन गरेका थिए । महाकवि देवकोटाको जन्म विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । उनी नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा सशक्तरुपमा कलम चलाउने बहुमुखी प्रतिभाका धनी मानिन्छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ३ : ५१ बजे

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर