विश्वकप क्रिकेट : भारतद्वारा नेदरल्याण्ड्ससामु ४ सय ११ रनको विशाल लक्ष्य प्रस्तुत | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : भारतद्वारा नेदरल्याण्ड्ससामु ४ सय ११ रनको विशाल लक्ष्य प्रस्तुत


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत जारी खेलमा आयोजक भारतले नेदरल्याण्ड्सलाई ४ सय ११ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको बैंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ४ सय १० रन बनायो ।

भारतका लागि केएल राहुल र श्रेयस ऐयरले शतक प्रहार गरे । ९४ बल खेलेका ऐयरले १० चौका र ५ छक्काको मद्दतमा १ सय २८ बनाउँदै नटआउट रहे ।

त्यसैगरी, राहुलले ६४ बलमा १ सय २ रन जोडे । त्यसैगरी, भारतका लागि कप्तान रोहित शर्माले ६१, शुभमन गिल र विराट कोहलीले समान ५१ रन जोडे भने सूर्यकुमार यादवले २ रन बनाए ।

नेदरल्याण्ड्सका लागि बज डे लिडले २ तथा रोलेफ भान डेर मेर्वे र पउल भान मिकरिनले समान एक विकेट लिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ६ : २९ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड