जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ | Khabarhub Khabarhub

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुर र कालीकोटमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन पुरुषलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरुबाट रु एक लाख तीन हजार चार सय २० पनि बरामद गरिएको छ ।

यसैगरी, कालीकोट, खाँडाचक्र नगरपालिका–३ ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डेसमेत ६ जनालाई पक्राउ गरिएको छ । उनीहरुबाट रु ३४ हजार एक सय ४० बरामद गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

समाचारकक्षका अनुसार चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट विभिन्न किसिमका पटाका बरामद गरिएको छ ।

नेपालगञ्ज र बुटवलबाट काठमाडौँ आएका बसमा निरीक्षण गर्दा विभिन्न प्रकारका पटाका बरामद गरिएको हो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ६ : ५७ बजे

यू-१९ एसिया कपः पहिलो दिन दुई खेल, नेपाल पाकिस्तानसँग भिड्दै

काठमाडौं – आजदेखि एसिसी यू-१९ एसिया कप संयुक्त अरब इमिरियट्स

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ।

आज २०८० साल मंसिर २२ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर २२ गते शुक्रबार ।

रुसले आफ्ना शीर्ष नेताविरुद्ध जासुसी गरेको बेलायतको आरोप

लन्डन – बेलायत सरकारले बिहीबार रुसी सुरक्षा सेवामाथि आफ्ना शीर्ष

अनलाइन व्यापारको बहानामा ठगी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं – अनलाइन व्यापारको बहानामा ठगी गरेको आरोपमा एक युवा