चिनियाँ बन्दीगृहमा यातना पाएँ : उइगुर चलचित्र निर्माता नूरमेहेमेत « Khabarhub

चिनियाँ बन्दीगृहमा यातना पाएँ : उइगुर चलचित्र निर्माता नूरमेहेमेत


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- एक जना उइगुर चलचित्र निर्माताले चिनियाँ बन्दीगृहमा आफूलाई यातना दिइएको आरोप लगाएका छन् । ३२ वर्षे उइगुर चलचित्र निर्माता इक्राम नूरमेहेमेतले चीनको सिन्जियाङ प्रान्तमा बन्दीगृहमा रहँदा आफूले यातना पाएको बताएका हुन् । उनले आफूलाई यातना दिएर झूठो बयान लिइएकोसमेत आरोप लगाए ।

उनीनिकट स्रोतहरुलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनले जनाएअनुसार उनलाई सिन्जियाङ प्रान्तको उरुम्चीस्थित मध्यमस्तरको अदालतमा उपस्थित गराइएको थियो । उनीमाथि ‘इस्ट तुर्केस्तान पृथकतावादी’ समूहसँग आबद्ध भई आतंककारी गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ ।

सन् १९९० को दशकमा भएका विभिन्न आतंककारी आक्रमणहरुमा इस्ट तुर्केस्तान इस्लामिक मुभमेन्टको संलग्नता रहेको बताउँदै चीनले यस्ता समूहविरुद्ध व्यापक दमन अभियान सञ्चालन गर्दै आएको छ । नूरमेहेमेतले यस्ता आरोपहरुको खण्डन गर्दै आएका छन् ।

६ वर्षसम्म टर्कीमा चलचित्र निर्माण अध्ययन गरेका उनले आफ्ना कलामा उइगुर पात्रहरुलाई महत्वपूर्ण स्थान दिँदै आएका थिए ।
उनलाई यही वर्षको सुरुमा बेइजिङबाट पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ८ : २४ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले