चिनियाँ बन्दीगृहमा यातना पाएँ : उइगुर चलचित्र निर्माता नूरमेहेमेत « Khabarhub

चिनियाँ बन्दीगृहमा यातना पाएँ : उइगुर चलचित्र निर्माता नूरमेहेमेत


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- एक जना उइगुर चलचित्र निर्माताले चिनियाँ बन्दीगृहमा आफूलाई यातना दिइएको आरोप लगाएका छन् । ३२ वर्षे उइगुर चलचित्र निर्माता इक्राम नूरमेहेमेतले चीनको सिन्जियाङ प्रान्तमा बन्दीगृहमा रहँदा आफूले यातना पाएको बताएका हुन् । उनले आफूलाई यातना दिएर झूठो बयान लिइएकोसमेत आरोप लगाए ।

उनीनिकट स्रोतहरुलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनले जनाएअनुसार उनलाई सिन्जियाङ प्रान्तको उरुम्चीस्थित मध्यमस्तरको अदालतमा उपस्थित गराइएको थियो । उनीमाथि ‘इस्ट तुर्केस्तान पृथकतावादी’ समूहसँग आबद्ध भई आतंककारी गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ ।

सन् १९९० को दशकमा भएका विभिन्न आतंककारी आक्रमणहरुमा इस्ट तुर्केस्तान इस्लामिक मुभमेन्टको संलग्नता रहेको बताउँदै चीनले यस्ता समूहविरुद्ध व्यापक दमन अभियान सञ्चालन गर्दै आएको छ । नूरमेहेमेतले यस्ता आरोपहरुको खण्डन गर्दै आएका छन् ।

६ वर्षसम्म टर्कीमा चलचित्र निर्माण अध्ययन गरेका उनले आफ्ना कलामा उइगुर पात्रहरुलाई महत्वपूर्ण स्थान दिँदै आएका थिए ।
उनलाई यही वर्षको सुरुमा बेइजिङबाट पक्राउ गरिएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ८ : २४ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर