पुन समाज बन्यो देउसी भैलो च्याम्पीयन | Khabarhub Khabarhub

पुन समाज बन्यो देउसी भैलो च्याम्पीयन


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा टेलिभिजनले नेपालमै पहिलो पटक आयोजना गरेको मौलिक देउसी भैलो महोत्सवमा पुन समाज पोखरा च्याम्पियन बनेको छ । बिभिन्न स्थान बाट छनौट भई उत्कृष्ठ सात टोलीले प्रतिशपर्धा गरेकोमा पुन समाज मौलिक देउसी भैलो च्याम्पीयन २०८० बन्न सफल भएको हो ।

च्याम्पियन टोलीले नगद पन्ध्र हजारको साथमा ट्रफि तथा प्रमाण पत्र प्राप्त गरेको छ । पोखरा उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रमको उद्धघाटन गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुुुसिला सिंखडाले गरेका थिए। कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री सिंखडाले संचार माध्ययमले गरेका यस्ता कार्यक्रमले नेपालको मौलिक कला संस्कृतीको जगेर्ना गर्न ठुलो भूमिका खेल्ने हुँदा आगामी दिनहरुमा पनि निरन्तरता दिन आग्रह गरे ।

महोत्सवमा नेपाल मगरसंघ रामबजर इकाई समिति पोखरा, बाग्लुुङ घूूम्टे मगर समाज फुलबारी, पुन समाज पोखरा , क्षेत्री समाज जिल्ला कार्य समिति कास्की, लेखनाथ नेवा मिसा पुुच , सिद्धार्थ तमुु समाज सेति नहर मार्ग भद्रकाली र गन्दर्भ आमा समुुह बाटुुलेचौरको सहभागीता रहेको थियो । प्रत्येक समुुहले पाँच पाँच हजारका साथमा प्रमाण पत्र प्राप्त गरेका थिए ।

पछिल्लो समय नेपाली मौलिक संस्कृती परम्परामा बिचलन देखिन लागेकोले यस्ता खालका कार्यक्रमले नेपालीपन बचाउन मुख्य भुमिका खेल्ने बरिष्ठ लोक दोहोरी गायक, प्रथम मौलिक देउसी भैलो महोत्सव २०८० का निर्णायक संयोजक प्रजापति पराजुलीले जानकारी दिए।

पोखरा टेलिभिजनका प्रवन्ध निर्देशक माधव पनेरुले तिहारको समयमा खेलिने देउसी भैलोको मौलिकपना बचाउदै भावी पुस्तामा संस्कृती हस्तान्त्रण गर्ने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको बताउदै कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोमा सबै प्रति आभार व्यक्त गरे ।

उक्त प्रतियोगितामा बरिष्ठ लोक दोहोरी गायक प्रजापति पराजुली कवी पदम राज ढकाल र लोक दोहोरी गायिका शरला पाण्डेले निर्यायकको भूमिका निभाएका थिए । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांगितीक प्रस्तुति समेत रहेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ८ : ४२ बजे

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार

संविधान दिवसमा वृहत शान्ति र्‍याली

काठमाडौं– संविधान दिवसका अवसरमा आज बिहान वृहत शान्ति र्‍यालीको आयोजना

एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ?

काठमाडौं – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा शुभकामना

सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन : केपी ओली

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन– नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी