चीनसँगको सम्बन्ध बिग्रिएसँगै फिलिपिन्स बीआरआईबाट बाहिरिने « Khabarhub

चीनसँगको सम्बन्ध बिग्रिएसँगै फिलिपिन्स बीआरआईबाट बाहिरिने


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मनिला- फिलिपिन्सले चीनको महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबाट बाहिरिने घोषणा गरेको छ । एसिया टाइम्सले जनाएअनुसार फिलिपिन्सको यातायात विभागले बीआरआई परियोजनाबाट पूर्ण रुपमा बाहिरिने घोषणा गरेको हो ।

चीनले यस परियोजना अन्तर्गत फिलिपिन्सलाई २४ अर्ब अमेरिकी डलर प्रदान गर्ने बाचा गरेको थियो । तर यसमध्ये अधिकांश रकम चीनले फिलिपिन्सलाई प्रदान नगरेको एसिया टाइम्सले जनाएको छ ।

पछिल्लो समय दुई मुलुकको सम्बन्धमा तिक्तिता बढिरहेका बेला फिलिपिन्सले यस्तो घोषणा गरेको हो । केही समयअघि दक्षिण चीन सागरको विवादित क्षेत्रमा दुई मुलुकका सैन्य पानीजहाज आमने सामने भएपछि सम्बन्ध अझ खराब बन्दै गइरहेको छ ।

टाइम्स अफ इन्डियाका अनससार फिलिपिन्सले दक्षिण चीन सागरमा बढ्दो चिनियाँ नौसैनिक गतिविधि बढ्दै गएको भन्दै बारम्बार चिन्ता व्यक्त गर्दै आएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  १२ : ३१ बजे

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान

देउवा उद्‌घाटन सत्रमा आउँदैछन् भनेर झुटो प्रचार भइरहेको छ : महत

 काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस संस्थापन

कहिले आउँदैछ ‘जिरो डिग्री’ ?, घोडामाथि विजयको अनौठो अवतार

काठमाडौं– फिल्मको नाम ‘जिरो डिग्री’, पोस्टरमा घोडामाथि सवार अभिनेता विजय

अर्जुन दोङको परिवारसँग संवाद गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा सांसद आर्यन राईले अर्जुन दोङ तामाङको