चीनसँगको सम्बन्ध बिग्रिएसँगै फिलिपिन्स बीआरआईबाट बाहिरिने « Khabarhub

चीनसँगको सम्बन्ध बिग्रिएसँगै फिलिपिन्स बीआरआईबाट बाहिरिने


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मनिला- फिलिपिन्सले चीनको महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाबाट बाहिरिने घोषणा गरेको छ । एसिया टाइम्सले जनाएअनुसार फिलिपिन्सको यातायात विभागले बीआरआई परियोजनाबाट पूर्ण रुपमा बाहिरिने घोषणा गरेको हो ।

चीनले यस परियोजना अन्तर्गत फिलिपिन्सलाई २४ अर्ब अमेरिकी डलर प्रदान गर्ने बाचा गरेको थियो । तर यसमध्ये अधिकांश रकम चीनले फिलिपिन्सलाई प्रदान नगरेको एसिया टाइम्सले जनाएको छ ।

पछिल्लो समय दुई मुलुकको सम्बन्धमा तिक्तिता बढिरहेका बेला फिलिपिन्सले यस्तो घोषणा गरेको हो । केही समयअघि दक्षिण चीन सागरको विवादित क्षेत्रमा दुई मुलुकका सैन्य पानीजहाज आमने सामने भएपछि सम्बन्ध अझ खराब बन्दै गइरहेको छ ।

टाइम्स अफ इन्डियाका अनससार फिलिपिन्सले दक्षिण चीन सागरमा बढ्दो चिनियाँ नौसैनिक गतिविधि बढ्दै गएको भन्दै बारम्बार चिन्ता व्यक्त गर्दै आएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  १२ : ३१ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया