नेदरल्यान्ड्सविरुद्ध भारतको फराकिलो जित « Khabarhub

नेदरल्यान्ड्सविरुद्ध भारतको फराकिलो जित


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आइसिसी एकदिवसीय विश्वकपमा घरेलु टोली भारतले नेदरल्यान्ड्सलाई १ सय ६० रनले पराजित गरेको छ । जितको लागि ४ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७.५ ओभरमा २ सय ५० रनमा अल आउट भयो ।

नेदरल्यान्ड्सका तेजा निडामानुरुले ३९ बलमा १ चौका र ६ छक्कासहित सर्वाधिक ५४ रन बनाए । त्यस्तै साइब्रांड एंगेलब्रेक्ट ४५,,ओपनर वेस्ली ब्यारेसी ४, म्याक्स ओडाउड ३०, कोलिन एकरम्यान ३५, स्कट एडवार्ड्स १७ रन बनाए ।

भारतका लागि कुलदीप यादवले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चेर २ विकेट लिए ।  रविन्द्र जडेजा, जस्प्रित बुमराह, मोहम्मद शिराजले २ विकेट तथा विराट कोहली र रोहित शर्माले एक-एक विकेट लिए ।

त्यसअघि बेंगलोरमा पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ४ सय १० रन बनाएको थियो । भारतका लागि श्रेयस ऐर सर्वाधिक १ सय २८ रन बनाए । त्यस्तै लोकेश राहुलले १ सय २ रन, रोहित शर्माले ६१, शुभमन गिलले ५१ रन, विराट कोहलीले ५१ रन बनाए ।
नेदरल्यान्ड्सका बास डि लिडले २ विकेट लिए । रोलेफ भान मर्वे र पल भान मार्केनले समान एक-एक विकेट लिए ।

अब भारतले सेमिफाइनलमा १५ नोभेम्बरमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  १० : ४९ बजे

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा