नेदरल्यान्ड्सविरुद्ध भारतको फराकिलो जित « Khabarhub

नेदरल्यान्ड्सविरुद्ध भारतको फराकिलो जित


२६ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आइसिसी एकदिवसीय विश्वकपमा घरेलु टोली भारतले नेदरल्यान्ड्सलाई १ सय ६० रनले पराजित गरेको छ । जितको लागि ४ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७.५ ओभरमा २ सय ५० रनमा अल आउट भयो ।

नेदरल्यान्ड्सका तेजा निडामानुरुले ३९ बलमा १ चौका र ६ छक्कासहित सर्वाधिक ५४ रन बनाए । त्यस्तै साइब्रांड एंगेलब्रेक्ट ४५,,ओपनर वेस्ली ब्यारेसी ४, म्याक्स ओडाउड ३०, कोलिन एकरम्यान ३५, स्कट एडवार्ड्स १७ रन बनाए ।

भारतका लागि कुलदीप यादवले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चेर २ विकेट लिए ।  रविन्द्र जडेजा, जस्प्रित बुमराह, मोहम्मद शिराजले २ विकेट तथा विराट कोहली र रोहित शर्माले एक-एक विकेट लिए ।

त्यसअघि बेंगलोरमा पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ४ सय १० रन बनाएको थियो । भारतका लागि श्रेयस ऐर सर्वाधिक १ सय २८ रन बनाए । त्यस्तै लोकेश राहुलले १ सय २ रन, रोहित शर्माले ६१, शुभमन गिलले ५१ रन, विराट कोहलीले ५१ रन बनाए ।
नेदरल्यान्ड्सका बास डि लिडले २ विकेट लिए । रोलेफ भान मर्वे र पल भान मार्केनले समान एक-एक विकेट लिए ।

अब भारतले सेमिफाइनलमा १५ नोभेम्बरमा न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  १० : ४९ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा