२०२३ मा कामले चर्चामा आएका बलिउड ‘स्टार किड’ « Khabarhub

२०२३ मा कामले चर्चामा आएका बलिउड ‘स्टार किड’


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वर्ष २०२३ समाप्त हुन केही दिन मात्रै बाँकी छ । यो वर्ष बलिउडमा शाहरुख खान, सलमान खान, सन्नी देवल, बबी देवल, रणवीर कपुरलगायतका सुपरस्टारको व्यवसायिक रुपमा सफल रह्यो ।

अर्कोतर्फ यो वर्ष बलिउडमा ‘स्टार किड’ को समेत चहलपहल देखियो । धेरै स्टार किडहरुले यो वर्ष डेब्यू गरे । यो सूचीमा बलिउड महानायक अमिताभ बच्चनका नातिदेखि सलमान खानकी भान्जी समेत अटाएका छन् ।

सुहाना खान

शाहरुख खानकी छोरी सुहाना यो वर्ष धेरै चर्चाका आएकी स्टार किड हुन् । उनले यो वर्ष ‘द आर्चिज’ फिल्ममार्फत् बलिउडमा डेब्यू गरेकी हुन् । यो फिल्म अहिले ओटीटी प्लेटफर्ममा उपलब्ध छ । उनले यही फिल्मको गीत ‘जब तुम ना थे’ बाट गायनमा समेत डेब्यू गरेकी छिन् ।

अलिजेह अग्निहोत्री

अलिजेह अग्निहोत्री सलमान खानकी भान्जी अर्थात् सलमानकी बहिनी अलभिराकी छोरी हुन् । उनले यही वर्ष नोभेम्बर २४ बाट प्रदर्शनमा आएको फिल्म ‘‘फर्रे’ मार्फत् डेब्यू गरेकी हुन् ।

अगस्त्य नन्दा

अगस्त्य नन्दा बलिउड महानायक अमिताभ बच्चनका नाती अर्थात् अमिताभकी छोरी श्वता बच्चनका छोरा हुन् । अगस्त्य र शाहरुखकी छोरी सुहानाले एउटै फिल्मबाट डेब्यू गरेका हुन् । उनीहरुको डेब्यू फिल्म द आर्चिजले अहिले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

यसबाहेक पनि अन्य स्टार किडले यो वर्ष बलिउडमा डेब्यू गरेका छन् । सनी देवलका छोरा राजवीर देओलले ‘दोनों’ फिल्ममार्फत् बलिउडमा डेब्यू गरे भने शाहरुख खानका छोरा आर्यन खानले ‘स्क्रिप्ट राइटिङ’ मा डेब्यू गरेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ६ : ४० बजे

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन