यू-१९ एसिया कपः आज नेपाल र भारतको प्रतिस्पर्धा « Khabarhub

यू-१९ एसिया कपः आज नेपाल र भारतको प्रतिस्पर्धा


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिसी यू–१९ एसिया कप अन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । संयुक्त अरब इमिरियट्स (युएई)मा जारी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

समूह चरणका दुई खेलमा पराजित नेपाललाई भारतविरुद्ध जित्नैपर्ने दबाब छ । एक खेलमा हार र एकमा जित निकालेको भारतसमेत दोस्रो चरण प्रवेशका लागि खेल जित्नैपर्ने दबाबमा छ । आजै समूह ‘ए’कै अर्को खेलमा अफगानिस्तानले पाकिस्तानको सामना गर्दैछ ।

मंगलबारका दुवै खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजेबाट सुरु हुनेछन् । नेपाल यसअघि पाकिस्तानसँग सात विकेट र अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ । भारतसमेत दोस्रो खेलमा पाकिस्तानसँग सात विकेटले नै पराजित भएको हो ।

एसिसी यू–१९ एसिया कप अन्तर्गत अफगानिस्तानविरुद्धको ब्याटिङमा नेपाली यू–१९ नेपाली टिम । तस्बिर क्यान

समूह ‘ए’मा रहेका नेपाल, पाकिस्तान, भारत र अफगानिस्तानले दुईदुई खेल खेलिसकेका छन्। पाकिस्तानले दुवै खेलमा जित निकाल्दै चार अंक जोडेको छ भने भारत र अफगानिस्तानले दुई दुई अंक जोडेका छन्। नेपाल भने अंकबिहीन छ।

समूह ‘बी’मा बंगलादेशले चार अंक जोडेको छ भने श्रीलंका र युएईले दुईदुई अंक जोडेका छन् । यो समूहमा जापान अंकबिहीन छ ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। मंसिर २९ गते सेमिफाइनलका दुई खेल हुनेछन् भने पुस १ गते फाइनल हुँदैछ।

यू-१९ नेपाली टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलक राजभण्डारी, आकाश चन्द र दीपक बोहरा।

यू–१९ एसिया कप खेल्ने आठ राष्ट्रका कप्तान र एसिया कप । तस्बिरः क्यान

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ५ : ५१ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ