एनसेल शेयर खरिदबिक्रीविरुद्धको रिटमा आज सुनुवाइ « Khabarhub

एनसेल शेयर खरिदबिक्रीविरुद्धको रिटमा आज सुनुवाइ


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको एनसेल शेयर खरिदबिक्रीविरुद्धको रिटमा सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

सांसद सिंहले गत शुक्रबार दायर गरेको रिटको पेसी आइतबार र सोमबार लगातार तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो । उक्त रिट आइतबार न्यायाधीश कुमार रेग्मी र सोमबार विनोद शर्माको इजलासमा परेको थियो ।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानिनोक्सानी हुने गरी अपारदर्शी ढंगले शेयर खरिदबिक्री भएको दाबी गरेका छन् । निवेदनमा शेयर खरिदबिक्रीलाई मान्यता नदिन पनि माग गरेका छन् ।

उनले एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब  हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको जिकिर गरेका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग र एनसेललाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ७ : ५६ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड