ओखलढुंगामा पहिचानवादीद्वारा एमालेको स्वागतद्वारमा आगजनी, ८ जना पक्राउ « Khabarhub

ओखलढुंगामा पहिचानवादीद्वारा एमालेको स्वागतद्वारमा आगजनी, ८ जना पक्राउ


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

विराटनगर–  नेकपा एमालेले ओखलढुंगामा तयार पारेको स्वागतद्वार प्रदेश १ को पुन नामाकरणका लागी आन्दोलन गरिरहेका पहिचानवादीले भत्काएर जलाइदिएका छन् । झुलाघाट–चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको एमालेले ओखलढुंगामा तयार पारेको स्वागतद्वार पहिचानवादीले जलाइदिएका हुन् ।

एमालेको संकल्प यात्रालाई अवरोध गरेको आरोपमा आठजना पक्राउ परेका छन् । ओखलढुङ्गालगायतका जिल्लामा मध्यपहाडी लोकमार्गमा रुख ढालेर बाटो अवरोध गर्ने पहिचानवादीका आठजनालाई प्रहरीले पक्राउ गरेको हो ।

सङ्कल्प यात्राका क्रममा आज एमाले अध्यक्ष केपी शर्मा ओली उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको संयुक्त व्यवस्थापनमा तयार पारिएको घुर्मी–हर्कपुर पुग्ने कार्यक्रम छ । सो कार्यक्रमलाई अवरोध गर्न पहिचानवादीहरुले बन्दको आह्वानसमेत गरेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ४ : ०१ बजे

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०