लागूऔषध कारोबारीलाई समात्न प्रहरीले झम्सिखेलमा गोली चलायो « Khabarhub

लागूऔषध कारोबारीलाई समात्न प्रहरीले झम्सिखेलमा गोली चलायो


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ललितपुरको झम्सिखेलमा प्रहरीले लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका-३ ठाडो ढुंगामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको  हाे ।

प्रहरीको टोलीले ललितपुरको झम्सिखेलमा गोली प्रहार गरेर लागूऔषध कारोबारीको आरोपमा उदयपुरका ४५ वर्षीय अविनाश राईलाई पक्राउ गरेको छ ।  उनको साथबाट प्रहरीले कटुवा पेस्तोल, दुइटा गोली र लागूऔषध (एम्फेटामाइन) पनि बरामद गरेको छ । 

प्रहरीको गोली लागेर घाइते भएका उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ५ : ५२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको