काठमाडौं – युएईको दुबईमा जारी एसीसी यू-१९ एसिया कपको समूह चरणको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
पहिले बलिङ रोजेको भारतले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै नेपाललाई ५२ रनमा मात्रै सीमित राख्दै राज लिम्बानीले सात विकेट लिएका थिए ।
५३ रनको लक्ष्य पछ्याउँदै आर्शिन अतुल कुलकर्णीको प्रभावशाली पाँच छक्का र एक चौकाको मद्दतमा भारतको ओपनिङ जोडीले ७.१ ओभरमा मात्रै जित हासिल गरेको थियो । उनका ओपनिङ पार्टनर आदर्श सिंहले टोलीलाई जित दिलाउन १३ रनको योगदान दिए ।
नेपालका कुनै पनि ब्याट्सम्यान दोहोरो अंकमा पुग्न सकेनन् र बलरले पनि विकेट लिन सकेनन् ।
यो निर्णायक जितले एसीसी यू-१९ एसिया कपमा आफ्नो वर्चस्व देखाउँदै प्रतियोगिताको सेमिफाइनलमा भारतको सुरक्षित स्थान सुनिश्चित गरेको छ।
यो पनि हेनुहोस्….
प्रतिक्रिया