प्रधानमन्त्रीको ‘सुशासन गफ’ मा पूर्वमुख्यसचिवको व्यंग्य « Khabarhub

प्रधानमन्त्रीको ‘सुशासन गफ’ मा पूर्वमुख्यसचिवको व्यंग्य


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक वर्षे कार्यकालमा सुशासनको पक्षमा राम्रो काम गरेको दाबी गर्दै आएका छन् ।

 दाहालले कार्यभार सम्हालेकै दिन जनताका दैनिक काम चुस्त दुरुस्त बनाइने र जनताले लाइनमा बस्नुपर्ने बताएका थिए । तर, एकजना पूर्वमुख्यसचिवको कुरो सुन्ने हो भने प्रधानमन्त्री दाहालको भनाइ र सरकारको काम गराइमा आकाश-पातालको फरक पाइएको छ । 

पूर्वमुख्यसचिव विमल कोइरालाले गत वर्ष नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा राष्ट्रिय परिचय पत्रका लागि फारम भरेका थिए । उनी एक वर्षपछि ‘फलो’ गर्न कार्यालय पुगे ।

सिडियो कार्यालयबाट रित्तो हात फर्किएका पूर्वमुख्यसचिव कोइरालाको प्रतिक्रिया छ,- ‘परिचय पत्र बनाउन २०७९ पुस ५ मा आवेदन गरेकोमा अहिलेसम्म नबनेपछि हिजो जिल्ला प्रशासन कार्यालय गएको थिएँ । त्यहाँबाट पत्ता लाग्यो कि रिक्वेस्ट नट फाउण्ड । यो भनेको के हो भनी सोधपुछ गर्दा फेरि फारम भर्नुपर्छ भन्ने बुझियो ।’

कोइराला सरकारी सेवाप्रति व्यंग्य गर्दै भन्छन्, ‘एक वर्ष त भैसक्यो, अरु एक वर्ष लाग्ने भयो । हिजो बुझ्न नगएको भए तीन वर्ष लाग्ने रहेछ । एक वर्ष जोगाएँ, धन्न प्रभु ! चारपटक जाँदा पाइन्छ कि?’

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ४ : ४२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको