रित्तो बोतलबाट घर (तस्विरहरु) « Khabarhub

रित्तो बोतलबाट घर (तस्विरहरु)



रित्तिएका मदिराका बोतलबाट सुन्दर घर बन्छ भन्यो भने तपाईं विश्वास गर्नुहुन्छ ? हो, अनुपयोगी वस्तुबाट वातावरण संरक्षण गर्ने उद्देश्यले दक्षिणकाली नगरपालिका वडा नम्बर-५ स्थित शिखरापुर सामुदायिक सिकाइ केन्द्रले यस्तै खालका तीन घर बनाएको छ । 

सिसाको बोतलबाट बनेका घर हेर्न आन्तरिक पर्यटक बाक्लो सङ्ख्यामा आउने गरेका छन् । माटो, पराल र बालुवाबाट बनाइएका यी घर जाडोमा न्यानो र गर्मीमा शीतल हुने प्राविधिकहरू बताउँछन् । 

जलवायु सम्बन्धी कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले पुनःप्रयोगमा नहुने बोतलबाट घर निर्माण भएको हो । प्रयोग नहुने बोतलबाट एक तलाको घर बनाउन सकिने सिकाइ केन्द्रका निर्देशक निरज श्रेष्ठको भनाई छ । प्रयोगविहीन बोतलको घरले पर्यावरणमा पर्ने असरलाई कम गर्न सकिने उनको भनाइ छ ।

यस्ता घरमा भूकम्प प्रतिरोधात्मक क्षमता अत्यधिक हुने बताइएको छ । 

 

 

 

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ३ : २२ बजे

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा