डेरा इस्माइल खानको प्रहरी चौकीमा आक्रमण, ३ जना प्रहरीको मृत्यु « Khabarhub

डेरा इस्माइल खानको प्रहरी चौकीमा आक्रमण, ३ जना प्रहरीको मृत्यु


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद– आतंकवादीहरूले डेरा इस्माइल खानस्थित प्रहरी चौकीमा आक्रमण गर्दा तीन जना प्रहरीको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । 

विस्फोटक पदार्थले भरिएको कार प्रयोग गरी आक्रमण गरिएको एआरवाई न्युजले आज उल्लेख गरेको छ। प्रहरीका अनुसार आतंककारीहरूले डिआइ खानको दरबन प्रहरी चौकीको मुख्य गेटमा विस्फोटक पदार्थले भरिएको कारबाट आक्रमण गरेका थिए। 

आक्रमणमा तीन जना प्रहरी हवलदार, रियासत र सिपाही जुल्फिकार मारिएको जनाइएको छ । यसैबीच, परिसरमा प्रवेश गर्न खोज्दा प्रहरीले चलाएको गोली लागी दुईजना घाइते भएका छन् ।

आक्रमणबाट प्रहरी चौकीको छाना खसेको छ । घाइतेहरूलाई डीआई खान अस्पतालमा लगिएको प्रहरीले जनाएको छ भने दरबान तहसीललाई पूर्ण रूपमा घेराबन्दी गरिएको छ । आक्रमण लगत्तै घटनास्थलमा प्रहरीको ठूलो टोली पुगेको छ ।

आतंकवादी हमलापछि तहसील द्राबनका विद्यालय र कलेजहरूमा निर्धारित परीक्षा स्थगित गरिएका छन्। एआरवाई न्युजका अनुसार डेरा इस्माइल खानको प्रहरी चौकीमा हमला भएको यो पहिलो पटक भने होइन। 

अक्टोबरको शुरुमा, केपीको डेरा इस्माइल खान जिल्लाको एउटा प्रहरी चौकीमा आक्रमण भएको थियो जसमा आतंकवादीहरूले हाते ग्रेनेड र रकेटहरू पनि प्रयोग गरेका थिए। डेरा इस्माइल खानको हथला प्रहरी चौकीमा भएको आक्रमणमा पनि दुई जना प्रहरी घाइते भएका थिए। 

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ३ : ०७ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको