ईः को विरोधमा स्थानीयको अवरोध « Khabarhub

ईः को विरोधमा स्थानीयको अवरोध


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

ललितपुर – फुटपाथ व्यवसाय गर्न नदिन ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध प्रदर्शन गर्न उभिएका अभियन्ता ईःलाई स्थानीयले अवरोध गरेका छन् ।

आज दिउँसो ३ बजे अभियन्ता ईः ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध प्रदर्शन गर्न महानगर अगाडि पुगेका थिए । ईः को प्रदर्शन सुरु हुनासाथ ललितपुरका स्थानीयहरूले पनि फुटपाथमा व्यवसाय गर्न नपाउने भन्दै प्रदर्शन गरेका हुन् ।

फुटपाथमा व्यवसाय गर्न नपाउने भन्दै प्रदर्शन गरिरहेका स्थानीयले ईः लगायत प्रदर्शनकारीले बोकेको पम्प्लेट च्यातेका थिए ।

स्थानीय आक्रोशित हुँदै ईःमाथि आक्रमण गर्न खोजेपछि उनलाई प्रहरी प्रभाग पुल्चोकमा लगिएको छ । अहिले ललितपुर महानगर परिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

ललितपुर महानगरपालिकाले गत आइतबारदेखि मंगलबजार-लगनखेल क्षेत्र ’फुटपाथ पसल निषेधित क्षेत्र’ तोकेको थियो ।

निषेधित क्षेत्र तोकेपछि ईःले त्यसको विरोधमा आफू १०८ मिनेट उभिने बताएका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ५ : ५२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको