इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारको सहयोग « Khabarhub

इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारको सहयोग


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

धनगढी – इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २ लाखका दरले आर्थिक सहयोग गरेको छ ।

कैलालीको टीकापुरमा आयोजना गरिएको कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज भट्टले मृतकका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायलका राजदूत हनन गोडेर गोल्डवेरगरको उपस्थिति रहेको थियो ।

मन्त्री भट्टले मृतक ७ जनाका परिवारलाई सहयोगबापतको चेक हस्तान्तरण गरेका हुन् । भदौ २६ गते सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा ‘लर्न एन्ड अर्न’ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका १० जना नेपाली विद्यार्थीको अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा परि मृत्यु भएको थियो ।

उनीहरूमध्ये ७ जना सुदूरपश्चिम प्रदेशका विद्यार्थी थिए । सुदूरपश्चिमको कञ्चनपुरका विपीन जोशी भने अझै पनि बेपत्ता रहेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ६ : ४४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया