वायुसेवा निगमका अधिकृतसहित ६ ट्राभल्स सञ्चालक पक्राउ | Khabarhub Khabarhub

वायुसेवा निगमका अधिकृतसहित ६ ट्राभल्स सञ्चालक पक्राउ


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा नेपाल वायुसेवा निगमका एक अधिकृत र ६ ट्राभल्स सञ्चालकलाई पक्राउ परेका छन् ।

वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेलसहित अन्ट्रा ट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका रामप्रसाद भण्डारी, एन्ड होलिडे टुर्स एन्ड ट्राभल्सका सञ्चालक सरोजकुमार यादव, स्काई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रोलेक्स ट्राभल्सका सञ्चालक देवराज खनाल र मञ्जरी ट्राभल्सका भक्तबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

एड्भान्स म्यानेजमेन्ट मल्टिपल ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डेलाई पनि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार निगमका अधिकृत पोखरेलको मिलेमतोमा ट्राभल्स सञ्चालकले फर्जी कागजात बनाउने गरेको खुलेको छ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ४ : ३५ बजे

पंक्षीको मासु नखाने खेवा लिम्बूहरुको लहरो

एक ऐतिहासिक थुमको रुपमा रहेको छ, पूर्वी नेपालमा छथर थुम।

राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता

काठमाडौं– राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँचवटा जलविद्युत्

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा