मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ | Khabarhub Khabarhub

मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  मुद्दा मिलाई दिन्छु भन्दै रु ९९ लाख ७५ हजार ठगी गरेको अभियोगमा दुई जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज प्रहरीले सोमबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका-१ रानीवन बस्ने भोजपुर हतुवागढी गाउँपालिका-५ घर भएका २६ वर्षीय रीतु राई र बर्दिया पाताभार गाउँपालिका-१ घर भएका २१ वर्षीय निरेश चौधरी रहेका छन् ।

आपराधिक विश्वासघात र सङ्गठित अपराध समेत मुद्दामा कारागार कार्यालय जगन्नाथ देवलमा पुर्पक्षका लागि थुनामा रहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ घर भएका रेवन्त खड्काको मुद्दा मिलाई थुनामुक्त गराइदिन्छु भन्दै खड्काका परिवारबाट पटक–पटक गरी उक्त रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

निजहरुमाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दामा थप अनुसन्धान भइरहेको छ ।    

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ७ : ४७ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो