बैतेश्वरमा सुत्केरी गाई–भैंसीलाई भत्ता « Khabarhub

बैतेश्वरमा सुत्केरी गाई–भैंसीलाई भत्ता


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

दोलखा– बैतेश्वर गाउँपालिकाले दुहुनो गाईभैंसी पालक किसानलाई प्रोत्साहन गर्ने भएको छ।

पालिकाले दुहुनो गाईभैँसी पालक किसानलाई २५ सयका दरले सुत्केरी स्याहार तथा प्रोत्साहन भत्ता वितरण गर्ने भएको हो। पालिकाले एक सूचना जारी गर्दै चालु वर्ष देखि अध्यक्ष छवि लामाले कार्यपालिकामा छलफल गरी किसानको लाई प्रोत्साहन गर्दै दुध उत्पादनलाई वृद्धि गर्ने योजना अनुसार व्याएर दुध दिरहेका पशुको आहारा व्यवस्थापन तथा उचित स्याहारका लागि सो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

पालिकाका पशु अधिकृत शान्ति प्रसाद दहालका अनुसार किसानलाई व्यवसायिक पशुपालनमा प्रोत्साहन गर्दै दुग्ध र मासुजन्य खाद्यवस्तुमा परनिर्भरता घटाउन सो कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।

कार्यक्रम अन्तर्गत गाईभैँसी ब्याए एवं दुहुनो भएपछि पशुधनि किसानलाई स्याहार खर्च बापत रु,२५ सय रुपैयाँ उपलब्ध गराइने बताए ।

पशु सुत्केरी स्याहार खर्च प्राप्त गर्नका लागि किसानहरुले पालिकाको पशु विकास शाखामा निवेदन पेश गर्नु पर्ने र पशु बिमागरेको हुनुपर्ने छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ८ : ०९ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण