‘मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सम्पन्न « Khabarhub

‘मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सम्पन्न


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को ११ औँ संस्करण सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्डको सभाहलमा भएको समापन समरोहमा राजन कठेत र सुनिल पाण्डेले निर्देशन गरेको वृत्तचित्र ‘नो विन्टर होलिडेज’ले उत्कृष्ट वृतचित्रतर्फको पुरस्कार जितेको छ ।

आयोजक संस्था मानव अधिकारी चलचित्र केन्द्रका अध्यक्ष विष्णुबहादुर खत्रीले चलचित्रकर्मी र मानव अधिकारकर्मीको साथ र सहभागिताले महोत्सव सफल भएको बताए । ‘चारदिने महोत्सवले विश्वभर मानव अधिकारका विषयमा निर्माण गरिएका छोटा चलचित्र तथा वृत्तचित्रसँग साक्षात्कार गरायो । यसले हाम्रा चलचित्रकर्मीलाई सघायो भन्नेमा विश्वस्त छौँ’, उनले भने ।

महोत्सवमा ‘चलचित्र विकासको लागि राजनीतिक प्रतिबद्धता’ र ‘सामूहिका अधिकारः अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीबीच छलफल हुनाका साथै फोटो प्रदर्शनीसमेत गरिएको थियो । महोत्सवमा नेपालसहित २७ देशका ५४ वटा चलचित्र प्रदर्शन गरिएका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ९ : ०० बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)