वनमा आश्रित ५० परिवारलाई ग्यास चुलो वितरण « Khabarhub

वनमा आश्रित ५० परिवारलाई ग्यास चुलो वितरण


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन – माडीको अयोध्यापुरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिमा आश्रित ५० घरधुरीलाई ग्यास चुलो वितरण गरिएको छ । माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले आज एक कार्यक्रमबीच चुलो र ग्यास हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक सहयोगमा वनमा आश्रित विपन्न परिवारलाई चुलो हस्तान्तरण गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। वनमा आश्रितलाई वनसँगको परनिर्भरता हटाउनका लागि ग्यास र चुलो हस्तान्तरण गरिएको हो । उनले भने, ‘वनसँगको परनिर्भरता हटाउन, वन जाने समय बचत गराउन र वनमा जाँदा हुने मानवीय क्षति कम गर्नका लागि यो कार्यक्रम गरिएको हो ।’

माडी नगरपालिका वडा नम्बर ८ र ९ मा बसोबास गर्ने उनीहरुलाई सामग्री हस्तान्तरण गरिएको उहाँले जानकारी दिए । चुलो हस्तान्तरण समारोहमा प्रमुख महतोले वनसँगको परनिर्भरताले वन्यजन्तु र मानव बीचको द्वन्द्व बढाउने हुँदा यसको अन्त्य गर्दै जानुपर्ने बताए । वनमा आवतजावत हुँदा मानवीय क्षतिसमेत हुने हुँदा नगरपालिकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ थियो ।

कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा प्रमुख रचना शाह, अयोध्यापुरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शिवजी गायक लगायतले संरक्षणमा स्थानीय सहभागिता आवश्यक रहेको बताएका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ९ : २१ बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको