भ्रष्टाचार अपिलविरुद्ध शरिफको अर्को जित « Khabarhub

भ्रष्टाचार अपिलविरुद्ध शरिफको अर्को जित


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानको उच्च अदालतले मङ्गलबार पूर्वप्रधानमन्त्री नवाज शरिफको स्वनिर्वासनबाट फर्किएपछि दोस्रोपटक भ्रष्टाचारको सजायलाई खारेज गरेको छ । कारागारको सजाय भोगेर र राजनीतिबाट जीवनभरका लागि अयोग्य ठहरिएपछि उनी चार वर्षअघि बेलायतमा उपचार गर्नका लागि मुलुक छाडेका थिए ।

नवाज आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उनको पाकिस्तान मुस्लिम लिग पिएमएल–एनको नेतृत्व गर्नका लागि अक्टोबरमा पाकिस्तान फर्किएका थिए र अपिलको सुनुवाइभन्दा अघि उनलाई भ्रष्टाचारका धेरै मुद्दामा जमानत दिइएको छ ।

इस्लामाबाद उच्च अदालतको फैसला पुष्टि गर्दै उनका भाइ तथा पूर्वप्रधानमन्त्री शहबाज शरिफले भने, ‘बहालवाला प्रधानमन्त्रीलाई अयोग्य ठहर गर्नका लागि बनाइएको छलका मुद्दाहरू अन्ततः समाप्त हुँदैछन् ।’

मुद्दा स्टिल कम्पनीहरूमा लगानीसँग सम्बन्धित हो । सोही अदालतले गत महिना नवाजलाई उनको परिवारले लन्डनमा महङ्गो फ्ल्याट खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा सफाइ दिएको थियो ।

आफ्नो आम्दानीको केही भागको घोषणा गर्न असफल भएकाले नवाजलाई अन्तिम पटक सन् २०१७ मा सर्वोच्च अदालतले पदबाट हटाउँदै राजनीतिबाट प्रतिबन्ध लगाएको थियो ।

यस वर्षको प्रारम्भमा शहबाज नेतृत्वको सरकारले सांसदहरूलाई अदालतबाट अयोग्य ठहराउने कानून पारित गरेको थियो । उक्त कानूनमा सांसदहरू पाँच वर्षसम्म मात्र अयोग्य ठहरिने व्यवस्था रहेको छ । यसबाट नवाजको फिर्तीको बाटो प्रशस्त भयो ।

पिएमएल–एनका वरिष्ठ पदाधिकारी ख्वाजा आसिफले नवाजविरुद्ध अब कुनै मुद्दा नभएको भन्दै मङ्गलबार सफाइ पाएपछि जनतामा उनको ‘प्रतिष्ठा पुनःस्थापित’ हुने बताए । ‘जब मानिसहरू मतपेटिकामा जाँदा आजको निर्णयले धेरै फरक पार्नेछ’, उनले भने ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ९ : ५४ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ