ब्रम्हास्त्र-२मा पिताको भूमिकामा देखिँदै रणवीर कपुर « Khabarhub

ब्रम्हास्त्र-२मा पिताको भूमिकामा देखिँदै रणवीर कपुर


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – रणवीर कपुर यतिबेला एनिमल फिल्मको सफलतामा मग्न छन् । लामो समयसम्म हिट दिन नसकेका कपुरले एनिमलबाट आफ्नो करियरको ब्लकबष्टर पाए ।

यो फिल्म सबैभन्दा धेरै कमाउने १० हिन्दी फिल्मको सूचीको नजिक पुगेको छ । यतिबेला कपुरका फ्यानहरूमा ब्रम्हास्त्र २ मा रणवीरले निर्वाह गरेको पात्र शिवको पिता को बन्लान् भन्ने उत्सुकता छ ।

रिपोर्टका अनुसार ब्रम्हास्त्र २ मा रणवीर सिंह रणवीर कपुरको पिता बन्दै छन् । ब्रम्हास्त्र रिलिज भएयता नै रणवीर शिवका पिता देवको भूमिका निर्वाह गर्ने खबरहरू आइरहेका थिए ।

केही रिपोर्टले ऋतिक रोशन वा कन्नड सुपर स्टार यशले सो भूमिका निर्वाह गर्न सक्ने बताएका थिए । तर अहिलेसम्म यसको पुष्टि भने भइसकेको छन् ।तर खबरलाई पत्याउने हो भने फिल्मको बहुप्रतिक्षित पात्र खेल्न रणवीर सिंह राजी भइसकेका छन् । निर्माण पक्षले सो भूमिकाका लागि सिंहको नाम पक्कापक्की गरिसकेको बताइएको छ ।

फिल्मको दोस्रो भागमा स्क्रिप्ट लेखन प्रोग्रेसमै छ । फिल्मको सुटिङ सन् २०२५ मा सुरु हुने अपेक्षा गरिएको छ । अहिले आयान मुखर्जी वार २ को सुटिङमा व्यस्त छन् भने सिंहले यो वर्ष बाइजु बावराको सुटिङ सुरु गर्दैछन् । त्यसैले ब्रम्हास्त्र २ को सुटिङ कहिले सुरु हुन्छ भन्ने स्पष्ट छैन ।

ब्रम्हास्त्रः पार्ट वनमा रणवीर कपुरको साथमा आलिया भट्ट थिइन् । यो फिल्म सन् २०२२ को सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो । फिल्ममा अमिताभ बच्चन, नागार्जुन, मौनी रोय पनि मुख्य भूमिकामा थिए । फिल्ममा शाहरुख खानको क्यामिओ थियो ।

स्रोत : एएनआई

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १० : ४८ बजे

दुर्गा प्रसाईंको रिहाइ माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँलाई रिहा गर्न माग

सैन्य ‘कू’ पछि पहिलो पटक आङ साङ सुकीको फोटो सार्वजनिक (तस्बिरहरु)

काठमाडौं- म्यानमाकी नजरबन्दमा रहेकी लोकतान्त्रिक नेतृ आङ सान सुकीले सोमबार

खाना पकाउने ग्यास लिन सर्वसाधारणको लामो लाइन (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकुस्थित नेशनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाना पकाउने

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस

उपनिर्वाचनमा भाजपालाई धक्का : अध्यक्ष नीतिन नविनकै क्षेत्रमा जनसुरजका प्रशान्त किशोरको अग्रता

पटना- भारतका बिहार, मध्य प्रदेश र गुजरातका तीन विधानसभा क्षेत्रमा