नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ सवारीसाधन नियन्त्रणमा « Khabarhub

नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ सवारीसाधन नियन्त्रणमा


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

गण्डकी – नदीजन्य पदार्थ तस्करी गरेको आरोपमा ५६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । कास्की जिल्लाको विभिन्न स्थानमा नदीजन्य पदार्थ अवैध रुपमा दोहनमा प्रयोग गरिएका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको सक्रियतामा नदीबाट ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरी फर्जी बिल बनाई चोरी निकासीमा संलग्न ५६ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विश्वकर्माका अनुसार नदीजन्य पदार्थ ओसारपसार गर्ने, फर्जी विल बनाएका ट्रक, टिपर, ट्रयाक्टरलगायत सवारीसाधन नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि पोखरा महानगर नगर कार्यपालिकाको जिम्मा लागाइएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ११ : ०३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको