भारतीय कांग्रेस नेताको कम्पनीमा छापा, ३५१ करोड भारु बरामद « Khabarhub

भारतीय कांग्रेस नेताको कम्पनीमा छापा, ३५१ करोड भारु बरामद


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको कांग्रेस पार्टीका एक सांसदको परिवारको स्वामित्वमा रहेको डिस्टिलरी कम्पनीविरुद्ध आयकर विभागले छापा मारेर ३५१ करोड भारतीय रुपैयाँ नगद बरामद गरेको छ । यो कुनै पनि अनुसन्धान एजेन्सीद्वारा एकल अपरेसनमा बरामद अहिले सम्मको उच्च रकम हो।

यो डिस्टिलरी झारखण्डका कांग्रेस राज्यसभा सांसद धीरज साहूको परिवारसँग सम्बन्धित छ। यद्यपि साहुले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

बौद्ध डिस्टिलरी प्राइभेट लिमिटेड लगायतका प्रवर्द्धकहरुविरुद्ध आयकर विभागको छापा मारेको आइतबार पाँचौँ दिन थियो ।

कर छली र ‘अफ द बुक’ लेनदेनको आरोपमा कर अधिकारीहरूले डिसेम्बर ६ मा छापा मारेका थिए। स्रोतका अनुसार नोटहरू गणना गर्ने प्रक्रिया पूरा भएको छ र कुल ३५१ करोड रुपैयाँ नगद जफत गरिएको छ।

गणनामा आयकर विभाग र विभिन्न बैंकका करिब ८० जनाको नौ टोलीले २४ सै घण्टा पालैपालो सिफ्टमा काम गरेका थिए । समाचार एजेन्सीलाई दिइएको जानकारी अनुसार नगद बोक्न करिब २०० झोला र ट्रङ्कहरू प्रयोग गरिएको थियो ।

स्रोत : एएनआई

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ११ : १० बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा