पाठेघरसम्बन्धी समस्या लुकाएर बस्दै मुगुका महिला « Khabarhub

पाठेघरसम्बन्धी समस्या लुकाएर बस्दै मुगुका महिला


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – उमेर नपुग्दै विवाह गरी सुत्केरी हुँदा मुगुका महिलामा पाठेघर खस्ने समस्या देखिएको छ। सुत्केरी तथा गर्भवती अवस्थामा पोसिलो खाना, भार बढी हुने काम गर्दा स्वास्थ्यमा समस्या आएको हो।

स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८-७९ मा छायानाथ रारा नगरपालिकामा पहिलो, दोस्रो र तेस्रो चरणमा जाँच गर्दा २५ जना महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ। सदरमुकाम रहेको पालिका भित्र पाठेघर धेरै समस्या भएका महिलाहरूको उमेर कम रहेको पाइएको छ। सदरमुकाम स्वास्थ्य सेवा कार्यालयसम्म पहुँच भएको पालिका हो। अन्य पालिका सदरमुकाममा रहेको स्वास्थ्य संस्थासँग पहुँच नभएका कारण त्यहाँ संख्या भारी भएको अनुमान छ।

स्वास्थ्य सेवा कार्यालय मुगुकी सिनियर अनमी रामदेवी केसीले सोरु, खत्याड र मुगमकार्मारोङ गाउँपालिकाको स्वास्थ्य कार्यालयबाट पाठेघर खस्नेबाट पीडित भएका महिलाको विवरण आउन बाँकी रहेको बताइन्। पाठेघर खसेका वा समस्यामा परेका महिलाहरुले सेवा लिनका लागि लाज मान्ने भएका कारण वषौँदेखि समस्या लुकाएर बसिरहेको उनले बताइन्।

सोरु गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख चरित्र धामीले दिएको जानकारी अनुसार पाठेघरसम्बन्धी स्क्रिनिङ जाँच गर्दा हालसम्म ३६ महिलामा पाठेघरसम्बन्धी समस्या भएको पाइएको छ। खत्याड र मुगमकार्मारोङ गाउँपालिकामा पाठेघरसम्बन्धी पीडित महिलाको संख्या धेरै भए पनि पीडित खुल्न नसकेको बताइएको छ।

डा. मीना हमाल (चौलागाईं)ले उमेर नपुग्दै बिहे तथा सुत्केरी हुँदा दुर्गम जिल्लामा अत्यधिक महिलाहरुमा समस्या देखिएको बताइन्। शिक्षा तथा पारिवारिक दबाबका कारण समस्या लुकाएर बस्न बाध्य भएको उनको भनाई छ। पाठेघरमा ‘रिङ प्रेसरी’को माध्यमबाट वैकल्पिक सामान्य उपचार दिँदै आएको समेत उनको भनाइ छ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : ११ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद