चितवनमा ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो   « Khabarhub

चितवनमा ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो  


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

चितवन – शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो भव्य रुपमा सम्पन्न भएको छ।

सिजी ल्यान्डमार्कको चितवन सिनेप्लेक्समा भएको प्रिमियर शोमा चर्चित नायिका साम्राज्ञीराज्यलक्ष्मी शाह, नायक पुष्प खड्का, चर्चित कलाकार सन्दीप क्षेत्री र निर्माता तथा निर्देशक रमेश एमके पौडेलको सहभागिता थियो।

रिलिजको पूर्वसन्ध्यामा राखिएको प्रिमियर शोलाई दर्शकहरुले पूर्ण रुपमा मनोरञ्जन लिनुका साथै चलचित्रको तारिफ गरेका थिए। प्रिमियर शोमा जिल्लाका बिभिन्न क्षेत्रमा आबद्ध रहेका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो।

पछिल्लो समय कलाकारिता तथा सिने क्षेत्र धराशायी र अस्तव्यस्त बन्दै गएकोले नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता भइरहेकाले नेपाली कलाकारिता क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रिमियर शो कार्यक्रमको आयोजना गरिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्कीले बताए। आगामी दिनमा पनि मिडिया हाउसले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने उनले बताए।

लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो तथा च्यारिटी शो गर्दै आएको छ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ११ : २५ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र