अमेरिकाद्वारा काबुल बम अक्रमणको निन्दा « Khabarhub

अमेरिकाद्वारा काबुल बम अक्रमणको निन्दा


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा भएको पछिल्लो आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । काबुलमा रहेको अफगान विदेश मन्त्रालयबाहिर भएको उक्त हमलाको आतङ्कवादी समूह इस्लामिक स्टेट – खोरासान प्रान्त आईएसकेपीले जिम्मा लिएको छ ।

‘हामी काबुलमा भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गर्दछौं । सो हमलाको आईसले जिम्मा लिएको पाइएको छ । यो आक्रमण क्रूर समूहको पछिल्लो भयानक उदाहरण हो । अफगानिस्तानका जनतामाथि संवेदनाहीन हिंसा हो’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले पत्रकार सम्मेलनमा बताए ।

‘हामी यस मूर्खतापूर्ण आक्रमणमा मारिएका प्रियजनहरू र परिवारका सदस्यहरूलाई हाम्रो गहिरो समवेदना पठाउँछौं । हामी आतङ्कको निन्दा गर्दछौं ।’ उनले भनेका छन् ।

बुधबार भएको विस्फोटमा कम्तीमा ५ जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएको अफगानिस्तानको टोलो न्यूजले जनाएको छ । घटनाको अन्तर्राष्ट्रिय स्तरमा व्यापक आलोचना भएको छ ।

साथै अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसनले पीडित परिवारहरूप्रति संवेदना व्यक्त गर्दै अफगानिस्तानमा दिगो शान्ति ल्याउनका लागि हिंसाको प्रयोग समाधानको उपाय नहुने बताएको छ ।

सो घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूलाई काबुलमा सञ्चालित सर्जिकल सेन्टरमा ल्याइएको छ । अफगानिस्तानका आपतकालीन निर्देशकले मृत्यु हुनेको संख्या बढ्दै जान सक्ने बताएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ४ : २९ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध