अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’को अवधि थपियो « Khabarhub

अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’को अवधि थपियो


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खिमलाल देवकोटाको संयोजकत्वमा गठित ‘अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’ को अवधि एक साता थप भएको छ । राष्ट्रियसभाको आजको बैठकले समितिको समय थप गरेको हो । 

राष्ट्रियसभाको गत जेठ २० गते बसेको बैठकले सातवटै प्रदेशको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमनका लागि सांसद देवकोटाको संयोजकत्वमा सात सदस्यीय विशेष समिति गठन गरेको थियो ।

 आजको बैठकमा सांसद देवकोटाले उक्त समितिको प्रतिवेदन पेश गर्दै अझै पनि विशेष समितिले काम गर्न बाँकी रहेकाले एक हप्ता कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गर्दै कार्यावधि थप गरिएको हो ।

बैठकमा विशेष समितिका संयोजक देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन र सातै प्रदेशका प्रदेशगत प्रतिवेदन सभा समक्ष पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक आगामी माघ १० गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ४ : २७ बजे

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६