‘स्वास्थ्य प्रणाली सुधार्न पहिले पाठ्यक्रम परिवर्तन गरौँ’ « Khabarhub

डा.ऋषभ कोइराला भन्छन्ः

‘स्वास्थ्य प्रणाली सुधार्न पहिले पाठ्यक्रम परिवर्तन गरौँ’


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : मानसिक स्वास्थ्य विज्ञ डा.ऋषभ कोइरालाले नेपालको स्वास्थ्य प्रणाली सुधार्न सबैभन्दा पहिले पाठ्यक्रम परिवर्तन गर्नुपर्ने बताएका छन् । नेपालमा पछिल्लो १० वर्षमा चिकित्सा स्वास्थ्य शिक्षामा धेरै सुधार र परिवर्तन आइसक्दा पनि पाठ्यक्रममा पुरानै पाठ्यसामग्री राखिएको उनले बताए ।

पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल भएपनि यसबारे सरकारी र स्वास्थ्य नियामक निकाय गम्भीर हुन नसकेकोप्रति उनले दुःख व्यक्त गरे । अस्पतालमा बिरामीलाई गरिने व्यवहार र उनीहरुले सोधपुछ गर्दा स्वास्थ्यकर्मीले दिने जवाफ नै उदेकलाग्दो भएको पनि टिप्पणी गरे ।

‘हाम्रो स्वास्थ्य प्रणालीको ठूलो समस्या अहिले पनि पाठ्यक्रममा छ । धेरै समय र धेरै कुरा परिवर्तन हुँदा पनि पाठ्यक्रम परिवर्तन भएको देखिदैन’ खबरहबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘चिकित्सा स्वास्थ्यको विषय जति संवेदनशिल र गम्भीर छ । त्यति धेरै बेवास्ता सरकारी र उच्च तहका व्यक्तिबाट भइरहेको देख्दा दुःख लाग्छ । त्यसमा पनि मानसिक स्वास्थ्य समस्यालाई झनै बेवास्ता गरिएको छ । यो दुःखद छ ।’

चिकित्सा स्वास्थ्यको विषयलाई जटिल बनाइरहने र यसलाई केवल समस्याका रुपमा मात्रै लिइने प्रवृत्ति जिम्मेवार भएको पनि उनको भनाई छ । अब चिकित्सा शिक्षाको पाठ्यक्रम, पठनपाठन र नयाँ प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको भनाई छ ।

यद्यपी पछिल्लो समय आम मानिस र स्वास्थ्यकर्मीमा समेत मानसिक समस्याका बारेमा चेतना फैलिँदै यसलाई गम्भीर समस्या मानेर उपचार गर्नेतर्फ ध्यान पुगेकोमा त्यो अझै धेरै विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ४ : ४२ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद