‘नेपालका नेता नसुध्रिएसम्म स्वास्थ्य सेवा सुध्रिदैन’ « Khabarhub

डा.अरुणा उप्रेति भन्छिन्ः

‘नेपालका नेता नसुध्रिएसम्म स्वास्थ्य सेवा सुध्रिदैन’


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतिले नेताहरुको कारण नेपालको स्वास्थ्य प्रणाली सुध्रिन नसकेको टिप्पणी गरेकी छन् । खबरहबले आयोजना गरेको ‘चिकित्सा शिक्षाको चुनौति र नेपालको स्वास्थ्य प्रणाली’ विषयक कार्यक्रममा बोल्दै जनस्वास्थ्यविद् डा.उप्रेतिले नेताहरु आफ्नो उपचार गर्न विदेश जाने र सर्वसाधारणको उपचारमा सँधै खेलाँची गर्ने प्रवृत्ति बढेको उनले बताइन् ।

नेपालका कुनै पनि नेताहरुले जनस्वास्थ्यको विषयमा गम्भीर अ्रध्ययन गर्न बोल्नै नसकेको उनको भनाई छ । कांग्रेस नेता गगन थापाले जनस्वास्थ्यको विषयमा केही बोल्ने गरेपनि त्यो आवाज अहिले बन्द भएको डा.उप्रेतिले बताइन् ।

विदेशमा नेताहरु बिरामी पर्दा स्वदेशमै उपचार गर्ने तर नेपालका नेताहरु सानो बिरामी पर्दा पनि बिदेश जाने समस्याले गर्दा देशकै स्वास्थ्य प्रणाली सुध्रिन नसकेको उनको भनाई रह्यो ।

‘नेताहरु सानो बिरामी पर्दा बिदेश गइहाल्छन् । अनि जनता बिरामी पर्दा सुन्दै सुन्दैनन्’ उनले भनिन्, ‘नेताहरुले खेलाँची गर्दा नेपालको स्वास्थ्य प्रणाली सुध्रिन सकेन ।’

उनले यसबारे आफुले निरन्तर बोल्ने गरेको भन्दै अझै प्रश्न उठाइरहने बताइन् ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ५ : ०५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस