भ्रष्टाचारविरुद्ध लड्ने संकल्पको खाँचो छ : अध्यक्ष नेपाल « Khabarhub

भ्रष्टाचारविरुद्ध लड्ने संकल्पको खाँचो छ : अध्यक्ष नेपाल


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध लड्ने संकल्पको खाँचो रहेको बताएका छन् । पूर्वसचिव रामकुमार आचार्यद्वारा लिखित ‘नेपालमा भ्रष्टाचार : कारण र निवारण’ पुस्तकको विमोचन कार्यक्रममा उनले राज्यका सबै अङ्गमा उचित समन्वय नहुँदा यो बढिरहेको बताए ।

‘प्रत्येक क्षेत्रमा भएका भ्रष्टाचार विरुद्धको संकल्प भएको व्यक्तिको खाँचो छ’, उनले भने, ‘यसको नियन्त्रण गर्न भावना र संकल्प हुनुपर्‍यो , भ्रष्टाचारमुक्त परिवेश बनाउन सक्नुपर्छ ।’ एउटा नेता र प्रधानमन्त्रीले चाहेर मात्रै यो नियन्त्रण सम्भव नभएको जिकिर गर्दै उनले राजनीति र प्रशासनिक निकायको माथिदेखि तलसम्म यसलाई नियन्त्रण गर्ने दृढता हुनुपर्ने बताए । भ्रष्टाचार नियन्त्रण गर्ने विषयलाई भाषण मात्र बनाउन नहुनेमा जोड दिँदै उनले स्पष्ट प्रतिबद्धता भए यसको नियन्त्रण सम्भव रहेको बताए । लोभलालच र राजनीतिक अस्थिरताका कारण भ्रष्टाचार बढेको उनको भनाइ थियो ।  

नेकपा (एमाले) का नेता युवराज ज्ञवालीले भ्रष्टाचार नियन्त्रण गर्न कठिन सङ्घर्षको जरुरी रहेको बताए । ‘जरो गाडेर रहेको यो विकृतिको अन्त्य गर्न धेरै समय लाग्छ, अहिले हाम्रो सबैभन्दा ठूलो दुस्मन नै यही हो’, उनले भने। उनले राजनीतिक, सांस्कृतिक र विकास निर्माणका क्षेत्रमा यसले गहिरो असर गरिरहेको छ भने ।  

नेकपा (माओवादी केन्द्र) का नेत्री रेखा शर्माले समृद्धिको मूल बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै चाहेर नचाहेर पनि समाजमा यो जबरजस्त रहेको बताए । ‘यसका कारण नेपाल समृद्धिको यात्रामा अघि बढ्न सकेको छैन’, उनले भने , ‘राजनीतिक परिवर्तन भए, तर बदलिँदो व्यवस्थाअनुसार राज्यसंयन्त्र नबदलिँदा भ्रष्टाचार बढेर गएको छ ।’ यसको नियन्त्रण गर्न राजनीतिक नेतृत्वले अग्रसरता लिनुपर्ने उनको भनाइ छ ।

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भ्रष्टाचारका कारण राजनीतिक प्रणालीमाथि प्रश्न उठ्न थालेकामा चिन्ता व्यक्त गरे । ‘प्रणालीले काम गर्ने व्यवस्था नहुँदासम्म यसको न्यूनीकरण हुन सक्दैन’, उनले भने, ‘राज्य संयन्त्रले नै यसलाई मलजल गरिरहेको छ, अब पारदर्शिता अपनाउनुपर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले राजनीतिक नेतृत्वले नै मुलुकमा भएका विभिन्न समस्या समाधानमा विशेष ध्यान दिनुपर्ने बताए। भ्रष्टाचारको बहुआयामिक असरबाट सिङ्गो समाज नै प्रभावित बन्दै गएको जनाउँदै उनले यसविरुद्धको आवाज उठाउन सबै एकताबद्ध हुनुपर्ने बताए । 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले विधिको शासन स्थापित भए मात्र भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन सम्भव भएको बताए । ‘यसको महामारीबाट हामी गुज्रिरहेका छौँ’, उनले भने, ‘अनियमितता क्षेत्रका समस्या पहिचान भइसकेको छ, अब समाधानको दिशामा अगाडि जानुपर्छ, अब ‘एक्सन’मा उत्रनुपर्छ ।’ कुल आठ परिच्छेदको सो पुस्तकमा भ्रष्टाचारको परिचय, मात्रा, यसको सैद्धान्तिक र व्यवहारिक कारण, दुष्प्रभाव, नियन्त्रणका प्रयास, सकारात्मक अभ्यास र समस्याको समाधानलगायत विषयलाई समेटिएको छ । 

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ६ : ३१ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह